उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आज शुक्रबार बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको २०७७/०७८ को आषाढ मसान्तको सञ्चित मुनाफा एंव वितरण योग्य पुँजीगत जगेडाकोष बाट वितरण गरिने लाभांश घोषणा गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी सत्र करोड एकसठ्ठी लाख उन्नासत्तरी हजार सात सय छ रुपैया तीन आठ पैसाको ३२ प्रतिशतले हुन आउने पाँच करोड त्रिसट्ठी लाख चौहत्तर हजार तिन सय छ रुपैया शुन्य चार पैसा मात्र लाभांश वोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति र वित्तीय संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात् लगानीकर्तामा वितरण हुने छ ।