काठमाडौं–तराई दु्रतमार्ग दूरी छोटिने, लागत घट्ने

काठमाडौं। बहुप्रतीक्षित काठमाडौं–तराई दु्रतमार्ग आयोजना (फास्ट ट्र्याक)को लम्बाइ, लागत र अधिग्रहण गर्नुपर्ने जग्गा संशोधन भएको छ । २०७६ भदौ १ गते स्वीकृत भएको आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) परिमार्जन भएसँगै दु्रतमार्गको साविकको लागत २ अर्ब २ करोड रुपैयाँले घट्ने भएको छ । सडकको कुल लम्बाइ १ दशमलव ५५ किलोमीटरले घट्नेछ ।  सरकारले ४ वर्षमा सम्पन्न गर्ने गरी यो आयोजना नेपाली सेनालाई २०७४ वैशाख २१ गते हस्तान्तरण गरेपछि पटकपटक म्याद थपिदिएको छ । डीपीआर परिमार्जन हुँदा दूरी र लगानी घटे पनि सम्पन्न हुने समय भने सरकारले थप गरेर २०८३ चैतसम्म पुर्‍याइदिएको छ । परिमार्जित डीपीआरअनुसार दु्रतमार्गको कुल लम्बाइ ७० दशमलव ९७ किलोमीटर हुनेछ । यसअघिको लम्बाइ ७२ दशमलव ५ किलोमीटर थियो ।  सरकारले परिमार्जित डीपीआर गत साउन ३० गतेको मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ । उक्त डीपीआरअनुसार सुरुङमार्गको संख्या थपिनेछ । थपिएका सहित अब दु्रतमार्गमा ६ ओटा सुरुङमार्ग हुनेछन् । यसअघिका तीनओटा सुरुङमार्ग महादेवडाँडा, धेद्रे र लेनडाँडामा निर्माण शुरू भइसकेको छ ।  परिमार्जित डीपीआरले थपेका देवीचौर, सिसौटार र चन्द्राम भीर सुरुङमार्ग निर्माणमा जान बाँकी छ । डीपीआर पुनरवलोकन गरेसँगै ३ ओटा सुरुङमार्ग र २ ओटा पुल थप भएकोले दूरी घटेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । ‘पुल र सुरुङमार्ग बढ्दा बक्स, कल्भर्टहरू निर्माण गर्नु परेन,’ उनले भने, ‘यसले स्वत: दु्रतमार्गको दूरी घटेको हो । र कुल लागत पनि घटेको छ ।’ यसअघिको डीपीआरअनुसार दु्रतमार्गको कुल लागत २ खर्ब १३ अर्ब ९५ करोड रुपैयाँ थियो । परिमार्जित डीपीआरअनुसार दु्रतमार्गको लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँमा झरेको छ । थपिएका सुरुङमार्गसहित अब यो आयोजनामा सुरुङमार्गको कुल लम्बाइ १० दशमलव शून्य ५ किलोमीटर हुनेछ । अधिग्रहण गर्नुपर्ने जग्गा ३ सय ३५ रोपनीले घटेको छ । पुलको लम्बाइ १२ दशमलव ८८ किलोमीटर र कल्भर्टको संख्या ८८ हुने बताइएको छ । नेपाली सेनाले यो आयोजनामा आर्थिक वर्ष (आव) २०७९/८० सम्ममा ४९ अर्ब २३ करोड रुपैयाँ खर्च भएको जानकारी दिएको छ । आइतवार वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै सेनाले चालू आव २०८०/८१ का लागि २२ अर्ब ५१ करोड रुपैयाँ पाएको जानकारी दिएको छ । सेनाका अनुसार आयोजनाको हालसम्मको भौतिक प्रगति २६ दशमलव १४ प्रतिशत छ ।  सेनाले अहिले थपिएको म्यादअनुसार निर्धारित समयमै काम सम्पन्न गर्न कार्ययोजना बनाएको तर समस्या थपिएको बताएको छ । आयोजनाका विषयमा जानकारी दिँदै आयोजना प्रमुख प्राविधिक उपरथी कमलविक्रम शाहले खोकना–बुङमती खण्डको जग्गा अधिग्रहणमा समस्या आएको बताए । उक्त क्षेत्रमा पर्ने प्रभावितमध्येको २ सय २५ रोपनीमा मुआब्जा बुझ्नै बाँकी रहेको र १ सय ६५ रोपनी जग्गाको मूल्यांकन हुन बाँकी रहेको उनले बताए ।  आयोजना निर्माणका क्रममै समय–समयमा पूरक वातावरणीय प्रभाव मूल्यांकन (एसईएआईए) गर्नुपर्ने हुँदा त्यसमा सरकारले सघाउनुपर्नेमा शाहले जोड दिए । एसईआईए स्वीकृति प्रक्रियामा लामो समय लाग्ने हुँदा निर्माण अवधि प्रभावित हुने समस्या पनि उनले औंल्याए । परिमार्जित डीपीआरअनुसार दु्रतमार्ग   कुल लम्बाइ : ७०.९७ किलोमीटर  चौडाइ : पहाडी भेगमा २५ मिटर र तराईमा २७ मीटर  सुरुङमार्गको लम्बाइ : १०.०५५ किलोमीटर  पुलको संख्या : ८९ (कुल १२ दशमलव ८८५ किमी)  सुरुङमार्ग संख्या : ६  थपिएका सुरुङमार्ग  देवीचौर : १ किलोमीटर   सिसौटार : ०.३९ किलोमीटर  चन्द्राम भीर : २.२५ किलोमिटर  यसअघिका सुरुङमार्ग  महादेवटारडाँडा : ३.३५५ किलोमीटर  धेद्रे : १.६३० किलोमीटर  लेनडाँडा : १.४३० किलोमीटर

सम्बन्धित सामग्री

काठमाडौं–तराई दु्रतमार्ग: म्याद सकिन लाग्दा तीनमध्ये एउटा शुरूङ छेडियो

काठमाडौं–तराई दु्रतमार्ग: म्याद सकिन लाग्दा तीनमध्ये एउटा शुरूङ छेडियो

काठमाडौं–तराई दु्रतमार्ग: म्याद सकिन लाग्दा तीनमध्ये एउटा शुरूङ छेडियो

काठमाडौं–तराई दु्रतमार्ग: म्याद सकिन लाग्दा तीनमध्ये एउटा शुरूङ छेडियो

काठमाडौं–तराई दु्रतमार्ग : खोकनाबाहेक अन्य प्याकेज ठेक्का प्रक्रियामा

काठमाडौं । हालसम्म ३१ दशमलव ९० प्रतिशत भौतिक प्रगति प्राप्त भएको काठमाडौं–तराई दु्रतमार्गको शुरू बिन्दु खोकनाबाहेक सबै प्याकेज ठेक्का प्रक्रियामा गएका छन् । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन दु्रतमार्गका १३ ओटा प्याकेजमध्ये सबैजसो ठेक्का प्रक्रियामा प्रवेश गरेका हुन् ।  प्याकेज नम्बर ८(क), ९(क) र (ख)को बोलपत्रमा उच्च अदालत पाटनको निर्णयपछि थप प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । योसँगै प्याकेज नं. ११ बाहेकका प्याकेज ठेक्का प्रक्रियामा गएका हुन् । प्याकेज नम्बर ८(क), ९ (क) र (ख)को बोलपत्रको प्राविधिक मूल्यांकनको विषयलाई लिएर उच्च अदालत पाटनमा मुद्दा परेको थियो । रिट निवेदन परेपछि अन्तिम टुंगो नलाग्दासम्म प्रक्रिया रोक्न गत पुस २४ गते उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो ।  अहिले अदालतले रिट खारेज गरेर प्रक्रिया अघि बढाउन आदेश दिएपछि नेपाली सेनाले यी प्याकेजको आर्थिक प्रस्ताव खोलेर थप प्रक्रिया अघि बढाएको छ । १३ प्याकेजमध्ये १, २, ३, ४, ५, ६, ७ र १० खरीद (ठेक्का) सम्झौता भई कार्यान्वयनमा छन् । बाँकी प्याकेजमध्ये ८(ख) को बोलपत्रको प्राविधिक तथा आर्थिक मूल्यांकन सम्पन्न भई स्वीकृतिका लागि पत्र जारी भइसकेको छ ।  लामो समयदेखि अल्झिरहेको खोकना बिन्दुमा भने अझै खरीद प्रक्रिया शुरू हुन सकेको छैन । शुरू बिन्दु खोकना बनाउने कि सार्ने भन्नेमा आयोजना र स्थानीयबीच मतभेद छ । प्याकेज नं. ११ अन्तर्गत पर्ने दु्रतमार्गको खोकना शुरू बिन्दुमा अहिले सवारी आवागमन व्यवस्थापनको विषय अध्ययनको क्रममा रहेको सेनाले जानकारी दिएको छ । २०८३ चैतसम्ममा दु्रतमार्ग सम्पन्न गर्ने गरी नेपाली सेनाले म्याद थप पाएको छ । प्रगतिमा भने सुधार देखिएको छैन । दु्रतमार्गका सुरुङ निर्माण ७३ प्रतिशत पुगेको छ । सेनाले उपलब्ध गराएको प्रगति प्रतिवेदनअनुसार फागुनसम्ममा निर्माणाधीन दुईओटा सुरुङमार्गको कुल ६ दशमलव ४१५ किलोमीटरमध्ये हालसम्म ४ दशमलव ६५३ किलोमीटर खनिसकिएको छ । हाल महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ निर्माणाधीन छन् ।  पछिल्लो परिमार्जित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार थप भएका चन्द्राम भीर सुरुङ डिजाइनको चरणमा छ । देवीचौर र सिसौटार सुरुङ निर्माणको खरीद प्रक्रिया अन्तिम चरणमा छ । ८७ स्थानमा बन्ने पुलमध्ये ६७ स्थानका लागि खरीद सम्झौता सम्पन्न भएको सेनाले जानकारी दिएको छ । ५ ओटा पुल बनिसकेका छन् ।  प्याकेज नं. ५ अन्तर्गतको निजगढ इन्टरचेन्जको डिजाइन परिमार्जन गर्न प्रस्ताव परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दु्रतमार्गको उक्त खण्डमा पर्ने इन्टरचेन्जको डिजाइन परिमार्जन गर्न प्रस्ताव गरेको हो । प्रस्तावअनुसार उक्त इन्टरचेन्ज निर्माण गर्दा लागत बढ्ने सेनाको भनाइ छ । साथै जग्गा अधिग्रहण, रूख कटान पनि बढ्नुका साथै समयसीमामा समेत प्रभाव पर्ने सेनाले औंल्याएको छ । नेपाली सेनाले यो विषयमा सरकारबाटै निर्णय हुनुपर्नेमा जोड दिँदै आएको छ ।

फास्टट्र्याक: ११ प्याकेजमध्ये दुईओटा मात्रै ठेक्का व्यवस्थापन

काठमाडौं, असोज १। आर्थिक वर्ष २०८०/८१ सम्ममा सम्पन्न हुने भनिएको बहुप्रतीक्षित काठमाडौं–तराई दु्रतमार्ग (फास्टट्र्याक) आयोजनाका अधिकांश ठेक्का व्यवस्थापन हुन सकेका छैनन् । उक्त आयोजनाका ११ प्याकेजमध्ये हालसम्म जम्मा दुईओटा मात्रै ठेक्का सम्झौता भई अध्ययन तथा डिजाइनको काम अघि बढाइएको छ, भने बाँकी अझै प्रक्रियामै रहेका छन् । कुल ७२ दशमलव ५ किलोमिटर (किमी) को दु्रतमार्गलाई […]

सेनाले बनाउँदै गरेको फास्ट ट्रयाकको अनियमितताबारे अध्ययन गर्न संसदीय समिति गठन

काठमाडौं । संघीय संसद अन्र्तगतको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई दु्रतमार्ग निर्माणका क्रममा भएको भनिएको अनियमितताका सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले दु्रतमार्ग निर्माणको दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिता बारेमा अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उपसमितिमा जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल सदस्य रहनुभएको छ । उपसमितिलाई दोश्रो चरणको ठेक्का प्रक्रियामा ठेकेदार छनौट, बुंगमति खोकना क्षेत्रमा देखिएको विवाद, निर्माणका क्रममा भएका कमीकमजोरी र समयमै निर्माण सम्पन्न हुने नहुनेबारे पनि सुक्ष्म ढंगले अध्ययन गर्न भनिएको छ । काठमाडौं–तराई दु्रतमार्ग निर्माणको जिम्मा लिएको नेपाली सेनाले निर्माण प्रक्रियाको दोश्रो चरणमा ठेकेदार कम्पनी छनौट गर्दा अनियमितता भएको उजुरी पछि समितिले त्यसतर्फ चासो देखाएको हो । छलफलका क्रममा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराज शर्माले सेनाले निर्माणका सबै प्रक्रिया पारदर्शी ढंगले गरिरहेको दाबी गर्नुभएको थियो । उहाँले २ वर्षपछि पनि पुरानै दर रेटमा निर्माण सम्झौता भएको र ज्वईन्टभेन्चरमा नेपाली कम्पनीहरु पनि सहभागी भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘स्वदेशीहरु सबैको ज्वइन्टभेन्चरमा आउनुभएको छ । त्यत्ति ठूलो काम गर्न उहाँहरुसंग पैसा नभएको हुनसक्छ । बैंक ग्यारेण्टी नभएको हुनसक्छ । तर अहिले विदेशी कम्पनीहरुसंग हाम्रो नेपाली दाजुभाई ठेकेदार सावहरुले ज्वइन्टभेन्चरमा आउनुभएको छ । सबै भन्दा ठूलो संख्यात्मक रुपमा उहाँहरुसंग मिसिएर आउनुभएको छ । हामीसंग यसको प्रमाण पनि छ ।’ उहाँले नेपाली सेनालाई प्रभाव पार्न खोज्ने समुहरु धेरै भएको र नसकेपछि उनीहरुले अरु ठाउँमा प्रयास गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो इन्फ्लुयन्सी गु्रपहरु धेरै हुन्छ । हजुरहरुलाई पनि इन्फ्लुयन्समा पार्न सक्नुभएन तर अरु ठाउँमा पार्न सक्नुहुन्छ । नेपालमा नभएको भन्ने केही पनि छैन । मर्कै परेको छ भने उजुरी हाल्ने ठाउँ छ । पिपिएमओ को पिपिआरसिमा उजुरी दिनुपथ्र्यो । अड्काउन सजिलो छ । फुकाउन गाहे छ ।’ छलफलका क्रममा सांसदहरुले समयभित्र विकास निर्माणका आयोजना सम्पन्न हुन नसकेका विषयमा गम्भीर विश्लेषण गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले दु्रतमार्गको ...

सेनाले रक्षामन्त्रीलाई भन्यो– फास्ट ट्रयाक समयमै पूरा गर्छाै

नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौं–तराई दु्रतमार्ग आयोजना (फास्ट ट्रयाक) समयसीमा भित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

कामको प्रगति सन्तोषजनक देखिएको छ : मन्त्री बलायर - Naya Patrika

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको कार्यप्रगति सन्तोषजनक रहेको बताएका छन् । बाराको निजगढमा जोडिने सो दु्रतमार्गको कामको स्थलगत

फास्ट ट्रयाक बनाउन नेपाली सेनाले थाल्यो शानदार शैली

काठमाडौं । छिमेकी भारत र चीनलाई समेत जोड्ने लक्ष्यसहित अघि बढेको काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको कामलाई दोब्बर गतिमा अघि बढाउन नेपाली सेनाले १०...

काठमाडौं–तराई फास्ट ट्रयाकः १० ठाउँमा शिविर राखेर निर्माण

काठमाडौं । छिमेकी भारत र चीनलाई समेत जोड्ने लक्ष्यसहित अघि बढेको काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको कामलाई दोब्बर गतिमा अघि बढाउन नेपाली सेनाले १० स्थानमा शिविर खडा गर्ने भएको छ ।