सेनाले बनाउँदै गरेको फास्ट ट्रयाकको अनियमितताबारे अध्ययन गर्न संसदीय समिति गठन

काठमाडौं । संघीय संसद अन्र्तगतको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई दु्रतमार्ग निर्माणका क्रममा भएको भनिएको अनियमितताका सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले दु्रतमार्ग निर्माणको दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिता बारेमा अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उपसमितिमा जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल सदस्य रहनुभएको छ । उपसमितिलाई दोश्रो चरणको ठेक्का प्रक्रियामा ठेकेदार छनौट, बुंगमति खोकना क्षेत्रमा देखिएको विवाद, निर्माणका क्रममा भएका कमीकमजोरी र समयमै निर्माण सम्पन्न हुने नहुनेबारे पनि सुक्ष्म ढंगले अध्ययन गर्न भनिएको छ । काठमाडौं–तराई दु्रतमार्ग निर्माणको जिम्मा लिएको नेपाली सेनाले निर्माण प्रक्रियाको दोश्रो चरणमा ठेकेदार कम्पनी छनौट गर्दा अनियमितता भएको उजुरी पछि समितिले त्यसतर्फ चासो देखाएको हो । छलफलका क्रममा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराज शर्माले सेनाले निर्माणका सबै प्रक्रिया पारदर्शी ढंगले गरिरहेको दाबी गर्नुभएको थियो । उहाँले २ वर्षपछि पनि पुरानै दर रेटमा निर्माण सम्झौता भएको र ज्वईन्टभेन्चरमा नेपाली कम्पनीहरु पनि सहभागी भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘स्वदेशीहरु सबैको ज्वइन्टभेन्चरमा आउनुभएको छ । त्यत्ति ठूलो काम गर्न उहाँहरुसंग पैसा नभएको हुनसक्छ । बैंक ग्यारेण्टी नभएको हुनसक्छ । तर अहिले विदेशी कम्पनीहरुसंग हाम्रो नेपाली दाजुभाई ठेकेदार सावहरुले ज्वइन्टभेन्चरमा आउनुभएको छ । सबै भन्दा ठूलो संख्यात्मक रुपमा उहाँहरुसंग मिसिएर आउनुभएको छ । हामीसंग यसको प्रमाण पनि छ ।’ उहाँले नेपाली सेनालाई प्रभाव पार्न खोज्ने समुहरु धेरै भएको र नसकेपछि उनीहरुले अरु ठाउँमा प्रयास गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो इन्फ्लुयन्सी गु्रपहरु धेरै हुन्छ । हजुरहरुलाई पनि इन्फ्लुयन्समा पार्न सक्नुभएन तर अरु ठाउँमा पार्न सक्नुहुन्छ । नेपालमा नभएको भन्ने केही पनि छैन । मर्कै परेको छ भने उजुरी हाल्ने ठाउँ छ । पिपिएमओ को पिपिआरसिमा उजुरी दिनुपथ्र्यो । अड्काउन सजिलो छ । फुकाउन गाहे छ ।’ छलफलका क्रममा सांसदहरुले समयभित्र विकास निर्माणका आयोजना सम्पन्न हुन नसकेका विषयमा गम्भीर विश्लेषण गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले दु्रतमार्गको ...

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको निर्वाचनका लागि तीन संसदीय समिति गठन

काठमाडाैं । नेपाली कांग्रेसले पार्टी संसदीय दलको नेता चयनका लागि संसदीय समिति गठन गरेकाे छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेकाे हाे । सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय संसदीय समिति गठन गरेको भएकाे कांग्रेसकाे सचिवालयले जनाएकाे छ । सचिवालयका अनुसार समितिको सदस्यमा पुष्पा भुसाल र प्रकाश […]

राप्रपाद्वारा संसदीय समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ । आसन्न निर्वाचनमा देशका सबै जिल्लाबाट सिफारिस भएर आउने उम्मेदवारको नाम छनोट गर्न उक्त समिति गठन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । अधिकांश जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भएर आउनेक्रम जारी छ । पार्टीका नेता तथा कार्यकर्ताले साङ्गठनिक निर्माणमा गरेको योगदान, सामाजिक कार्यमा रहेको क्रियाशीलता र व्यक्तिको लोकप्रियताका आधारमा उम्मेदवारको छनोट गरिने सो पार्टीले जनाएको

राप्रपाः संसदीय समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ।...

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन (नामावलीसहित)

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आर्थिक वर्ष २०७८/७९को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सम्लग्न गराएको भन्दै छानबिनको माग बमोजिम ११ सदस्यीय समिति गठन गर्ने सहमति जुटेको हो । छानबिन समितिमा नेकपा (एमाले) बाट प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विक […]

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आर्थिक वर्ष २०७८/७९को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सम्लग्न गराएको भन्दै छानबिनको माग बमोजिम ११ सदस्यीय समिति गठन गर्ने सहमति जुटेको हो । समितिमा नेपाली कांग्रेसका २ जना, माओवादी केन्द्रका २ जना र नेकपा एमालेबाट ४ जना […]

संसदीय समिति गठन नै नगरी कांग्रेसमा टिकट वितरणको तयारी !

९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारको छनोट गर्ने संसदीय समिति गठन नै नगरी टिकट वितरण गर्ने तयारी गरेको छ । विधान अनुसार महानगरको प्रमुख र उप प्रमुखको टिकट वितरण गर्ने अधिकार केन्द्रीय संसदीय समितिलाई हुनेछ । उक्त समिति गठन नै नगरि टिकट वितरण गर्ने तयारी भएको कांग्रेसका केही नेताहरु बताउँछन् । पार्टी प्रवक्ता डा […]

काँग्रेस मकवानपुरको कोषाध्यक्षमा गौतम, कार्यसम्पादन र संसदीय समिति गठन

नेपाली काँग्रेस मकवानपुरको कोषाध्यक्षमा होमनाथ गौतम मनोनित भएका छन् । आइतबार हेटौंडा–२ स्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको दोश्रो बैठकले गौतमलाई कोषाध्यक्षमा मनोनित गर्नुको साथै कार्यसम्पादन समिति, संसदीय समिति र दुईवटा विभागको संयोजक मनोनित गरेको हो ।बैठकले १३ सदस्यीय जिल्ला संसदीय समिति गठन गरेको छ । संसदीय समितिको सदस्यहरूमा सभापति बुद्ध लामा, उपसभापतिद्वय आनन्द कठायत, धर्मराज लामिछाने, सचिवद्वय भीमसेन महत, ईश्वर पाठक, सह–सचिवद्वय इन्दिरा न्यौपाने, ताराचन्द्र बज

काँग्रेस संसदीय समिति गठन भोलि, शेखरलाई समेट्न देउवा सहमत

नेपाली काँग्रेसले संसदीय समिति गठनको तयारी थालेको छ । सोमबार पार्टीको केन्द्रीय समिति बैठकपछि काँग्रेसका शीर्ष नेताबीच मंगलबार संसदीय समिति गठन गर्ने सहमति भएको छ ।काँग्रेसमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न ४ तहमा संसदीय समिति गठन गर्ने व्यवस्था छ । उम्मेदवार छान्नका लागि काँग्रेसले १६५ निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा संसदीय समिति बनाउने छ । भोलिको बैठकले केन्द्रीय संसदीय समिति गठन गर्न लागेको महामन्त्री विश्वप्रकाश शर्माले ब