स्याङ्जा : जिल्लाको कालीगण्डकी गाउँपालिकाले दलित समुदायलाई लक्षित गर्दै दलित बस्ती विकास कार्यक्रम सञ्चालन गरेको छ।प्रत्येक वडामा दलित समुदायको मागअनुसार दलित बस्तीमा सडक शौचालय निर्माण र सोलार बत्ती राखिएको छ। यस्तै, आर्थिक उपार्जन गर्न सिलाई कटाई मेसीन प्रदान गरिएको छ भने ग्याँसको विस्थापन गर्न इन्डक्सन चुल्हो वितरण गरिएको छ।२०७६ सालबाट लागू गरिएको दलित बस्ती विकास कार्यक्रममार्फत यहाँका ६६६ घरधुरीका ३६६३ जना प्रत्यक्ष लाभान्वित भएका छन्। पहिलो वर्ष बस्ती बस्तीमा सडक पुर्याउने