पर्यटक पर्खिरहेकाे कञ्चनजंघा

विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घासँगै अन्य हिमश्रृंखला र हिमाली जनजीवनसँगै यहाँको प्राकृतिक सौन्दर्य मनोरम छ ।

सम्बन्धित सामग्री

कञ्चनजंघा क्षेत्रमा विदेशी पर्यटक बढ्दै

कोरोनाका कारण लामो समयदेखि सुनसानजस्तै रहेको कञ्चनजंघा क्षेत्रमा अहिले बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । चालू आर्थिक वर्ष ०८०/०१ को माघ मसान्तसम्म कञ्चनजंघा क्षेत्रमा ६ सय ५० जना विदेशी पर्यटक...

कञ्चनजंघा हिमशृङ्खला क्षेत्र : पर्यटकको आगमन बढ्यो

ताप्लेजुङ : कञ्चनजंघा क्षेत्रमा पछिल्लो समय पर्यटकको संख्या बढेको छ। लामो समय सुनसानजस्तै रहेको यो क्षेत्रमा तीन महिनामा ६५० विदेशी पर्यटकले भ्रमण गरेका छन्। कचञ्चनजंघा क्षेत्रमा दुई याममा पर्यटक भम्रण गर्छन्। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सूचना अधिकारी दोभान लिम्बूले चालु आर्थिक वर्षको पहिलो याम असोज, कात्तिक र मङ्सिरसम्म कञ्चनजंघा हिमालको आधार शिविरको ६५० बाह्य पर्यटकले अवलोकन गरेको बताए। त्यत्तिकै सङ्ख्यामा आन्तरिक पर्यटकले समेत कञ्चनजंघा क्षेत्रको अव

दशैँतिहारमा पर्यटकको रोजाइमा कञ्चनजंघा

ताप्लेजुङ ।  दशैँतिहारको समयमा ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा घुम्न जाने पर्यटक संख्या बढ्दै गएको छ । मौसम खुलेको समय र दशैंतिहारको लामो विदाको समयमा प्राकृतिक सुन्दरतामा रहमाउन चाहनेहरुका लागि पहिलो रोजाइमा कञ्चनजंघा क्षेत्र पर्न गएको हो । गत साता इसा लिम्बू ताप्लेजुङको सदरमुकामदेखि कञ्चनजंघा क्षेत्र प्रस्थान गर्नुभयो । प्राकृतिक सुन्दरताको आनन्द लिँदै हिमालहरुको दृश्य अवलोकन गर्नका […]

कञ्चनजंघा क्षेत्रमा पर्यटन व्यवसाय लयमा फर्कंदै

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको छ । कञ्चनजंघा संरक्षण तथा व्यवस्थापन परिषद् कार्यालयका अनुसार गएको चार महीनामा ४३९ विदेशी पर्यटकले भ्रमण गरेका छन् । कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजंघा हिमशृंखला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएको छ । परिषद् कार्यालयका सचिव मनकुमार लिम्बूका यहाँ बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन भएको बताउँछन् । ‘पर्यटकको आगमनले पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन्,’ उनले भने । पर्यटकलाई लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा साना–ठूला लगानीका ५२ होटल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रू. सात करोडभन्दा बढीको लगानीमा बनेको सिंगी नामजोङ होटल सञ्चालनमा छ । समुद्री सतहबाट तीन हजार ५०० मिटरदेखि चार हजार ५०० मिटर उचाइमा रू. एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेको परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले जानकारी दिए । ‘कोरोनाका कारण लामो समयसम्म यहाँ पर्यटकको आगमन हुन सकेको थिएन । पर्यटन व्यवसायी निराश भएका थिए । पहिल्लो समय पर्यटक आगमनले व्यवसायी उत्साहित भएका छन्,’ घुन्साका होटल व्यवसायी पेमा शेर्पाले भनिन् । आर्थिक वर्ष २०७६/७७ मा ३८६ पुरुष र १८६ महिला विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा आएको परिषद्को तथ्यांकमा उल्लेख छ । २०५७ देखि २०७७ सालसम्म ११ हजार १९७ विदेशी पर्यटकले कञ्चनजंघा हिमालको अवलोकन गरेको परिषद्ले बताएको छ । कञ्चनजंघाको आधार शिविर पुग्न दुई पदमार्ग प्रयोग गरिँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका भएर पर्यटक कञ्चनजंघा हिमालको आधार शिविर पुग्छन् । काठमाडौंबाट हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी कञ्चनजंघाको आधार शिविर पुगिन्छ । यहाँ आउने पर्यटकको विवरण परिषद्ले राख्ने गरेको छ । रासस

गत वर्ष कञ्चनजंघा संरक्षण क्षेत्रमा तीन सय ३० पर्यटक

कञ्चनजंघा संरक्षण क्षेत्रमा गत आर्थिक वर्ष ०७८/७९ मा तीन सय ३० जना स्वदेशी तथा विदेशी पर्यटक आएका छन् । संरक्षण क्षेत्रमा दुई सय २२ जना विदेशी, ६३ जना सार्क क्षेत्रका र...

कञ्चनजंघा क्षेत्रमा भित्रिए ३ सय ३० पर्यटक

ताप्लेजुङ जिल्लाको कञ्चनजंघा संरक्षाण क्षेत्र भित्र ३ सय ३० जना विदेशी तथा स्वदेशी पर्यटक भित्रिएका छन्।  आर्थिक वर्ष २०७८ र ०७९ मा ३ सय ३० जना पर्यटक भित्रिएका हुन्।  संरक्षण क्षेत्र...

कञ्चनजंघा क्षेत्रमा आउन थाले पर्यटक

ताप्लेजुङ । ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन शुरू भएको छ । कोभिड संक्रमण दर घटेसँगै कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका हुन् । कोभिड–१९ महामारी शुरू भएपछि पछिल्लो दुई वर्ष सुनसान जस्तै बनेको कञ्चनजंघा क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको आगमन हुन थालेको हो । पर्यटकको आगमनसँगै होटल व्यवसायी, पर्यटन व्यवसायी उत्साहित भएको फक्ताङलुङ गाउँपालिका–६ कञ्चनजंघा प्रवेशद्वार घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताइन् । लामो समय बन्द भएको व्यवसाय पर्यटकको चहलपहल हुन थालेसँगै सञ्चालनमा आउन थालेको उनको भनाइ छ । दुईओटा पदमार्गबाट कञ्चनजंघा हिमालसम्म पर्यटक पुग्छन् । दक्षिण (रूट) पदर्माग पाँथचरको गणेश चोकदेखि याम्फुदिन हुँदै कञ्चनजंघा हिमालको आधार शिविरसम्म पर्यटक पुग्ने गर्दछन् । यो रूट हुँदै नर्वे र स्वीट्जरल्यान्डका नागरिकका दुई समूह शुक्रवार कञ्चनजंघा क्षेत्रमा प्रवेश गरेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताए । उत्तर रूट पदमार्ग ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि घुन्सा हुँदै आधार शिविरसम्म पर्यटक पुग्ने गर्दछन् । दक्षिणबाट बिहीवार १९ बाह्य पर्यटक कञ्चनजंघा हिमालको प्रवेशद्वार घुन्सा क्षेत्रमा प्रवेश गरेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले बताए । रासस

कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन शुरु, पर्यटन व्यवसायी उत्साहित

चैत १३, ताप्लेजुङ । ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन शुरु भएको छ । कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको विस्तारै आगमन शुरु भएको हो ।   कोभिड–१९ महामारी शुरु भएपछि पछिल्लो दुई वर्ष सुनसान जस्तै बनेको कञ्चनजंघा क्षेत्रमा विस्तारै पर्यटकको आगमन हुन थालेको । पर्यटकको आगमनसँगै होटल व्यवसायी, पर्यटन व्यवसायी उत्साहित भएको फक्ताङलुङ गाउँपालिका–६ कञ्चनजंघा प्रवेशद्वार घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताए । पर्यटकको चहलपहल हुन थालेसँगै लामो समय बन्द भएको व्यवसाय सञ्चालनमा आउन थालेको शेर्पाले बताए ।  दुई ओटा पदर्मागबाट कञ्चनजङ्घा हिमालसम्म पर्यटक पुग्छन् । दक्षिण (रुट) पदर्माग पाँथचरको गणेश चोकदेखि याम्फुदिन हुँदै कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पर्यटक पुग्ने गर्दछन् । यस रुट हुँदै नर्वे र स्वीच देशका नागरिकका दुई समूह शुक्रबार कञ्चनजंघा क्षेत्रमा प्रवेश गरेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताए ।  उत्तर रुट पदर्माग ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि घुन्सा हुँदै आधार शिविरसम्म पर्यटक पुग्ने गर्दछन् । दक्षिणबाट बिहीवार १९ बाह्य पर्यटक कञ्चनजंघा हिमालको प्रवेशद्वार घुन्सा क्षेत्रमा प्रवेश गरको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले बताए ।  चालू आर्थिक वर्ष २०७८/७९ को हालसम्ममा करीब १५० पर्यटकले कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका छन् । चालू आवको पहिलो सिजन (मौसम) मा कुल १४१ पर्यटकले कञ्चनजंघाको भ्रमण गरेका परिषद् कार्यालयले जानकारी दिएको छ ।  दुई वर्षसम्म सुनसान जस्तै बनेको कञ्चनजंघा क्षेत्र चालू आवमा महामारीको प्रभाव केही कम बनेपछि सीमित संख्यामा पर्यटकको आगमन भएको हो । यस वर्षको पहिलो पर्यटकीय मौसम असोज र कात्तिकमा अमेरिका, फ्रान्स, ताइवानलगायत देशबाट पर्यटक भ्रमणमा आएका जानकारी दिइएको छ । कोरोना महामारी शुरु भएको अघिल्लो वर्षसम्म पछिल्लो दशकको अवधिमा पाँच हजार ४२७ पर्यटकले कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयको तथ्यांक छ । तथ्याकअनुसार उक्त अवधिभित्र सबैभन्दा बढी आव २०७५/७६ मा ८०६ पर्यटकले कञ्चनजंघाको भ्रमण गरेका छन् । रासस

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल

ताप्लेजुङ– ताप्लेजङस्थित कञ्चनजंघा क्षेत्रमा पर्यटकहरूको चहलपहल बढेको छ । अन्तरिक तथा बाह्य पर्याकहरूको जहलपहल बढेको हो । कोभिड-१९को कारणले दुई वर्ष सुनसान रहेको कञ्चनजंघा क्षेत्रमा गत सातादेखि आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल सुरु भएको । कञ्चनजंघा क्षेत्रको भ्रमणमा आएका पर्यटक कोही आधारक्षेत्र पुगेका छन् भने कोही बीच बाटो घुन्सा क्षेत्रमै पुगेका छन् । यस्तै ताप्लेजुङ […]

निरन्तरको वर्षाले पर्यटक र तीर्थयात्रीहरू अलपत्र

ताप्लेजुङ– ताप्लेजङस्थित कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटक र पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउनेहरू वर्षाका कारण अलपत्र परेका छन् । चार दिनदेखि अर्थात आइतबारदेखि निरन्तर परेको वर्षाले कञ्चनजंघा क्षेत्रको भ्रमणमा आएका बाह्य तथा आन्तरिक पर्यटकहरू साथै पाथीभार दर्शन गर्न आउने भक्तजनहरू बाटोमै अलपत्र परेका हुन् । आइतबार सुरु भएको वर्षा सोमबार दिउँसो केही समय रोकिए पनि […]