काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आउँदाे मङ्सिर ४ गते सङ्घ र प्रदेशको चुनाव हुने बताउनुभएको छ ।
आज शुक्रवार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवम् प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता महतले आउँदाे मङ्सिर ४ गते नै सङ्घ र प्रदेश सभाकाे चुनाव हुने पक्कापक्की भएको बताउनुभएको हो । उहाँले सरकारले केही दिनमै आउँदाे चुनावकाे मिति घोषणा गर्ने पनि जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयो, ‘मङ्सिर ४ गते चुनाव हुँदैछ । पक्कापक्की छ । केही दि...