म्याग्दी : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको समृद्धिको मुख्य आधार धार्मिक पर्यटन भएको बताएका छन्। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा सोमबार शुरू भएको ‘रत्नेचौर धार्मिक महोत्सवको उद्घाटन गर्दै उनले कालीगण्डकीको सभ्यता जोगाउन प्रदेश सरकारले विभिन्न योजना बनाएको बताए।प्रकृतिले नै उत्कृष्ट घुम्नुपर्ने स्थल बनाइदिएको हिमाल, पहाड र तराई क्षेत्रलाई समेटेर नेपालकै धार्मिक पर्यटनको नयाँ र उत्कृष्ट करिडोर बनाउन प्रदेश सरकार तयार रहेको बता