एजेन्सी। युभेन्टसका भेट्रान गोलरक्षक गियानलुईजी बुफोनले आफूले सिजनको अन्त्यमा क्लब छाड्ने बताएका छन्। ४३ वर्षीय बुफोनले दुईपटक युभेन्टसबाट व्यावसायिक फुटबल खेल्दा १० सिरिए उपाधि र चार इटालियन कपको उपाधि चुमेका छन्। उनी २०१९ मा फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा एक सिजन बिताएर फेरि युभेन्टसमा फर्केका थिए। पूर्वइटाली खेलाडी बुफोन सिरिएमा सर्वाधिक खेल (६५६) खेल्ने खेलाडीसमेत हुन्।