चिसापानी–गुटु–मंगलसेन फास्ट ट्र्याक : आधा शताब्दी बित्दा समेत भएन सम्पन्न

सुर्खेत । कैलालीको चिसापानी–सुर्खेतको गुटु हुँदै अछामको जंगलघाट मंगलसेनसम्मको फास्ट ट्र्याक निर्माण अझै सम्पन्न हुन सकेको छैन । २०२८ सालदेखि निर्माण थालिएको चिसापानी–गुटु–मंगलसेन फास्ट ट्र्याक ५० वर्ष बितिसक्दा समेत खुल्न नसकेको हो । अछामतर्फबाट सुर्खेतको सिमाना जंगलघाटसम्म १० वर्ष पहिले नै सडक पुगिसकेको भए पनि सुर्खेतको गुटुदेखि करीब १५ किलोमिटर ट्र्याक खुल्न बाँकी छ । यो व्यापारिक दृष्टिकोणले रणनीतिक महŒव बोकेको सडक हो । २०२५ सालमा तत्कालीन पञ्चायती व्यवस्थाका अछाम जिल्ला सभापति हरिप्रसाद भण्डारीको अगुवाइमा भारतको तिकुनियाबाट चिसापानी हुँदै मंगलसेनसम्म जीप पु¥याएको यही बाटो थियो । चिसापानीबाट करीब ११० किलोमिटरको छोटो दूरीमै मंगलसेन पुगिने यो सडक निर्माणमा राज्यको खासै ध्यान पुग्न सकेको छैन । यो सडक निर्माण शुरू भएपछि हालसम्म देशमा थुप्रै व्यवस्था परिवर्तन भएका छन् । त्यतिबेला बेला जन्मिएका मान्छे अहिले सांसद मन्त्रीसमेत भइसक्दा पनि सडकको ट्र्याक नै नखुल्नु विडम्बना हो । ‘चिसापानी–गुटु–मंगलसेन फास्ट ट्र्याक’ नाम दिइएको यो सडक अहिले नेताहरूको भाषणमा समेत पर्दैन । यो बाटो तत्कालीन समयमा अछाम, डोटी, कालिकोट, मुगु, दैलेख, सुर्खेतका नागरिकले हाट (पिठ्युँमा नून बोकेर ल्याउन) जाने बाटो समेत हो । यो सडकका लागि नियमित टुक्रे बजेट विनियोजन भए पनि सही सदुपयोग भने हुन सकेको छैन । सडकका लागि अछामतर्फ बजेट छुट्याउनु जरुरी नरहेको र विशेषगरी सुर्खेततर्फ बजेट छुट्याउनुपर्ने स्थानीय सरोकारवाला बताउँछन् । अछामका व्यवसायी चन्द्रप्रसाद ढुंगानाले यसअघि सडक डिभिजन कार्यालय महेन्द्रनगर र सुर्खेतबाट छुट्याइएको बजेट सही ठाउँमा खर्च नभएको बताए । ‘पहिलो काम भनेको गुटु–जंगलघाट  ट्र्याक खोल्नु हो, तर महेन्द्रनगर सडक डिभिजनले कैलालीको भागमा मात्र र सुर्खेतले अर्कैतिर बजेट खर्च गर्दा राज्यले छुट्याएको बजेट सदुपयोग हुन नसकेको हो,’ ढुंगानाले भने, ‘अछामका जनप्रतिनिधिले समेत चासो नै नदिने र सुर्खेत कैलाली तर्फकाले आफ्नैतिर बजेट खर्च गर्नाले यो सडक प्राथमिकतामा पर्न सकेन ।’ सुर्खेतबाट प्रतिनिधित्व गर्ने निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले चिसापानी–गुटु–मंगलसेन फास्ट  ट्र्याक निर्माण छिटो सम्पन्न गराउन आफूले संसद्मा सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए । आफूले संघीय संसद्मा कुरा उठाए पनि प्रदेश सरकारले समेत आफ्नो बजेटमा यसलाई समेट्नुपर्ने उनले औंल्याए ।

सम्बन्धित सामग्री

‘फास्ट ट्र्याक’ निर्माणमा सेनामाथि नै संशय

निर्धारित समयमा गुणस्तरीय सडक निर्माणको अपेक्षासहित काठमाडौं–तराई फास्ट ट्र्याक (द्रुत मार्ग) नेपाली सेनालाई जिम्मा लगाइए पनि निर्माण कार्य भने निकै सुस्त देखिएको छ।...

‘२०८३ मा फास्ट ट्र्याक त बन्दैन, गाडी निजगढ निकाल्न पाए सफल’

४ पुस, काठमाडौं । चार वर्षमा सक्ने भनेर नेपाली सेनालाई निर्माणको जिम्मा लगाएको काठमाडौं तराई मधेश द्रुत मार्ग (फास्ट ट्र्याक) मा अहिलेसम्म करिव २९ प्रतिशत मात्र काम भएको छ । फास्ट ट्र्याकको प्रस्थान विन्दु नै टुंगो लागेको छैन भने डुकुछाप–महादेवटार खण्डमा तीन वटा ठेक्का लागेको छैन । यही अवस्थामा पछिल्लो पटक थप भएको म्याद २०८३ […]

फास्ट ट्र्याक निर्माणको समय तीन वर्ष थपियो

काठमाडौं : सरकारले फास्ट ट्र्याक निर्माणका लागि बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौं, तराई मधेस द्रुतमार्ग निर्माणका लागि २२ अर्ब ५० करोड बजेट विनियोजन गरेका हुन्। साथै आयोजनाको निर्माणको समय समेत थप गरिएको छ। आयोजना समयमा नसकिने भएकाले तीन वर्ष समय थपेर निर्माण सक्ने लक्ष्य लिएको उनले बताए।

फास्ट ट्र्याक निर्माणका लागि राखिएका फलामका सामान चाेर्ने ४ जना पक्राउ

मकवानपुर – मकवानपुरको बकैया गाउँपालिका–१२ जितपुर भञ्ज्याङमा फास्ट ट्र्याक निर्माणका लागि राखिएका फलामका सामानहरू चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ बस्ने ३३ वर्षीय इन्द्रबहादुर विक, बकैया गाउँपालिका–१२ कोलखोप बस्ने २२ वर्षीय अविरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायणबहादुर मोक्तान रहेका मकवानपुर प्रहरीले जनाएकाे छ। प्रहरीका […]

फास्ट ट्र्याक : १७५ अर्बको योजनामा जम्मा ३८ अर्ब खर्च

काठमाडौं, असोज ४ । २०८१ मङ्सिरसम्ममा काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको नेपाली सेनाले हालसम्म जम्मा ३७ अर्ब ९६ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन उक्त द्रुतमार्गको कुल लागत १ खर्ब ७५ अर्ब रुपैयाँ हो । आर्थिक वर्ष (आव) २०७३/७४ मा ४ वर्षभित्र सम्पन्न गर्न भन्दै नेपाली […]

सेनाले भन्यो : फास्ट ट्र्याक २०८१ सम्म तयार हुन्छ

१० फागुन, काठमाडौं । नेपाली सेनाले तराई-मधेध द्रुत मार्ग (फास्ट ट्र्याक) २०८१ को पुस महिनासम्‍ममा निर्माण सकिने दावी गरेको छ । विभिन्न प्याकेजबाट एकै पटक काम अघि बढाएर तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आफूहरु प्रतिवद्ध रहेको आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले बताए । उनका अनुसार यो आर्थिक वर्षको अन्तिमसम्‍ममा आयोजनामा २१ प्रतिशत प्रगति […]

फास्ट ट्र्याक सम्पन्न गर्न अझै १ खर्ब ७५ अर्ब अपुग

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) सम्पन्न गर्न अझै १ खर्ब ७५ अर्ब आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन समितिले द्रुतमार्ग सम्पन्न गर्न थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष निकालेको हो । समितिको बिहीबार बसेको बैठकले फास्ट ट्र्याक निर्धारित समयमा नै सम्पन्न गराउनका लागि आवश्यक पर्ने थप रकम व्यवस्थापनका लागि […] The post फास्ट ट्र्याक सम्पन्न गर्न अझै १ खर्ब ७५ अर्ब अपुग appeared first on राजधानी राष्ट्रिय दैनिक.

फास्ट–ट्र्याक पूर्वनिर्धारित समयमा सम्पन्न हुने

तराई/मधेस द्रुतमार्ग  (फास्ट–ट्र्याक)  आयोजना निर्माणकार्य  पूर्वनिर्धारित समयमा  सम्पन्न  गर्ने गरी  नेपाली  सेनाले आवश्यक  निर्माण  प्रक्रिया अगाडि  बढाएको छ ।(फास्ट–ट्र्याक)  परियोजना  निर्माण  बोलपत्र छनोट प्रक्रियाका सम्बन्धमा  प्रश्न   उठ्नुका साथै सार्वजनिक लेखा  समितिले दुईवटा  टनेल समेटिएको एउटा  ठेक्का  प्रक्रिया  रोक्न  निर्देशन दिएको छ ।  सो  निर्देशनपछि &nbs

डाेटी : फास्ट ट्र्याक खुलेपछि बस्ती विस्तार तीव्र

डोटी – कैलालीबाट वीपीनगर हुँदै डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जोड्ने फास्ट ट्र्याक खुलेपछि यहाँका विभिन्न ठाउँमा बस्ती विस्तार हुने क्रम तीव्र भएकाे छ । बस्ती विस्तारसँगै यहाँका विभिन्न क्षेत्रमा बजार पनि विस्तार हुन थालेको छ । बजार विस्तारले घरजग्गाको मूल्य बढेर कारोबार पनि बढ्दै गइरहेको चुरे गाउँपालिका शिवनगरका व्यवसायी सुनिल विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले यहाँ व्यापार खासै थिएन, अहिले फास्ट ट्र्याक खुलेपछि जग्गा कारोबारदेखि अन्य व्यवसाय पनि राम्रो फस्टाएको छ ।’   ...

खराब 'ट्र्याक रेकर्ड' भएको कम्पनीलाई फास्ट ट्र्याक निर्माणको जिम्मा दिने तयारी

ट्र्याक खुलेर पनि वर्षौंदेखि निर्माणमा जान नसकेको काठमाडौं–तराई मधेश फास्ट ट्र्याक (एक्सप्रेस वे) निर्माणको ठेक्काका लागि दुईवटा चिनियाँ कम्पनी प्रि–क्वालिफिकेसन शर्टलिस्टमा परेका छन् । फास्ट ट्र्याक निर्माणका लागि टेन्डरमा प्रतिस्पर्धा गरेका २२ मध्ये दुईवटा चिनियाँ कम्पनी प्रिक्वालिफिकेसनमा छनौट गरिएको हो । फास्ट ट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेनाले गत शुक्रवार शर्टलिस्ट प्रकाशित गरेको थियो । सन् २०२० को मार्च १३ मा नेपाली सेनाले फास्ट ट्र्याकको प्लानिङ, डिजाइन, इञ्जिनीयरिङ र निर्माणका लागि प्रिक्वालिफिकेसन टे...