डोटी – कैलालीबाट वीपीनगर हुँदै डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जोड्ने फास्ट ट्र्याक खुलेपछि यहाँका विभिन्न ठाउँमा बस्ती विस्तार हुने क्रम तीव्र भएकाे छ । बस्ती विस्तारसँगै यहाँका विभिन्न क्षेत्रमा बजार पनि विस्तार हुन थालेको छ ।
बजार विस्तारले घरजग्गाको मूल्य बढेर कारोबार पनि बढ्दै गइरहेको चुरे गाउँपालिका शिवनगरका व्यवसायी सुनिल विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले यहाँ व्यापार खासै थिएन, अहिले फास्ट ट्र्याक खुलेपछि जग्गा कारोबारदेखि अन्य व्यवसाय पनि राम्रो फस्टाएको छ ।’
...