स्रोत नै नभएका १ हजार ४०० ओटा आयोजना खारेज, आर्थिक वृद्धिको लक्ष्य बढ्यो

भदौ २५, काठमाडौं । अघिल्लो सरकारले अघि बढाएका एक हजार ४०० सडक आयोजना खारेजीमा परेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्वतयारी नभएका आयोजना अगाडि बढाएको थियो ।  कतिपय आयोजनामा स्रोतको सुनिश्चितता थिएन भने कतिपयको विस्तृत परियोजना प्रतिवेदन र अन्य प्राविधिक अध्ययन नै भएका थिएनन् । अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार प्रतिनिधिसभामा पेश गरेको चालू आर्थिक वर्षको बजेटमा प्रतिस्थापन विधेयक पेश गर्दै आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्वतयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने योजना कटौती गरेका हुन् ।  तत्कालीन सरकारले संघीय संसद्को बैठक बोलाउन चार दिन मात्रै बाँकी रहँदा प्रतिनिसभा विघटनको सिफारिस गर्दै निर्वाचनको घोषणा गरेको थियो । सो लगत्तै गत जेठ १५ गते अध्यादेशमार्फत चालू आवको बजेट पेश गरेको थियो ।   प्रतिस्थापन विधेयकमा भनिएको छ, ‘समृद्ध नेपाल निर्माणको आधारको रूपमा रहेको सडक निर्माणलाई योजनाबद्ध रूपमा कार्यान्वयन गर्न सडक सञ्जालको नक्सांकन तयार गरी संघ, प्रदेश र स्थानीय तहको प्रष्ट क्षेत्राधिकार तोकी सडक निर्माण गर्ने नीति लिइने छ ।’ यसैगरी विसं २०८२ चैतसम्म वित्तीय व्यवस्थापन सम्पन्न हुने २०० मेगावाटमाथिका जलाशय तथा अर्ध जलाशययुक्त जलविद्युत आयोजनाले व्यापारिक कारोबार शुरु गरेको मितिले पहिलो १५ वर्षसम्म पूरै र त्यसपछिको ६ वर्षसम्म ५० प्रतिशत आयकर छूट दिने व्यवस्था प्रतिस्थापन विधेयकमा गरिएको छ । यसबाट नेपालको ऊर्जा क्षेत्रको विकासका लागि थप मार्ग प्रशस्त गर्नेछ । प्रतिस्थापन विधेयक अनुसार जलविद्युत् आयोजनालाई आवश्यक पर्ने निर्माण उपकरण, प्लान्ट, मेसिनरी औजार एवम् त्यसको पार्टपुर्जा, पेनस्टक तथा स्टिल सिट पैठारीमा लाग्ने महसुल घटाई एक प्रतिशत मात्रै लाग्ने व्यवस्था मिलाएको छ ।  सरकारले अघिल्लो सरकारले व्यापार घाटा कम गर्ने भन्दै अगाडि बढाएको ढुंगा गिट्टी निकासी गर्ने योजनालाई स्थगित गरिदिएको छ । प्रतिस्थापन विधेयकअनुसार बजेटको आकार सामान्य रुपमा घटेको छ । शुक्रवार प्रतिनिसभामा पेश भएको विधेयकअनुसार चालू आवको बजेट रू. १६ खर्ब ३२ अर्ब ८३ करोड बराबर रहेको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत रू. १६ खर्ब ४७ अर्बको बजेट ल्याएका थिए ।  प्रतिस्थापन विधेयकका तीन प्रमुख विशेषता रहेका छन् । त्यसमा विद्यमान बहुआयामिक गरिबी न्यूनीकरण गर्ने, अर्थतन्त्रको पुनरुत्थान गरी उच्च दरको आर्थिक वृद्धिदर हासिल गर्ने र संविधानले परिकल्पना गरे अनुरुप समावेशी र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने छन् ।  सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । कुल रू. १६ खर्ब ३२ अर्बको बजेटमा चालूतर्फ रू. ६ खर्ब ७७ अर्ब विनियोजन गरिएको छ । यस्तै पूँजीगततर्फ रू. तीन खर्ब ७८ अर्ब, वित्तीय व्यवस्थापनतर्फ रू. एक खर्ब ८९ अर्ब रहेको छ ।  सरकारले राजस्वबाट रू. १० खर्ब ५० अर्ब, वैदेशिक अनुदानबाट रू. ५९ अर्ब, वैदेशिक ऋणबाट रू. दुई खर्ब ८३ अर्ब र आन्तरिक ऋण रू. दुई खर्ब ३९ अर्ब उठाउने लक्ष्य राखिएको छ । पूर्वअर्थमन्त्री पौडेलले अध्यादेशमार्फत प्रस्तुत गरेको बजेटमा ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएको थियो ।  प्रतिस्थापन विधेयक पेश गरेपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री शर्माले सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने बताए । कोरोनाको असर क्रमशः कम हुँदै गएको तथा आर्थिक क्रियाकलाप चलायमान भएकाले आर्थिक वृद्धिको लक्ष्य पूरा हुने उनको भनाइ थियो । रासस

सम्बन्धित सामग्री

अमेरिकी भिसाहरूको आवेदन शुल्क बढ्यो

२० जेठ, काठमाडौं । अमेरिकी भिसाहरूको आवेदन शुल्कमा वृद्धि भएको छ । यही जुन १७ तारिखदेखि लागू हुनेगरी आवेदन शुल्क वृद्धि भएको हो । भ्रमण भिसा र पेटिसनमा आधारित नभएका अन्य गैरआप्रवासी भिसाहरूको आवेदन शुल्क १६० डलरबाट वृद्धि भई १८५ डलर कायम हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । पेटिसनमा आधारित भिसा शुल्कहरू १९० डलरबाट वृद्धि […]

डेस्टिनेसन डिल्लीबजार, जहाँ कैदीसँग सत्ताको जोडघटाउ हुन्छ

कुनै औपचारिक पदमा नभएका कैदी रेशम चौधरीलाई भेट्न भावी राष्ट्रपतिदेखि पार्टी अध्यक्ष र मन्त्रीहरु पुगिरहेका छन् ।

चुरोट र सिगार महँगिने, कति बढ्यो कर ?

सरकारले बजेटमार्फत चुरोटमा कर बढाएको छ । फिल्टरका आधारमा सरकारले चुरोटमा कर बढाएको हो । एक खिल्लीमा कम्तिमा ७१ पैसा बढीमा ७ रुपैयाँसम्म कर बढेको हो । स्वास्थ्य जोखिम करलाई यथावत राखेको सरकारले फिल्टर नभएका सुर्तीको चुरोटमा प्रति एम ७ सय १० रुपैयाँ कर पु¥याएको छ । अहिलेसम्म यस्तो कर ६ सय १८ रुपैयाँ थियो […]

दशैँ नजिकिएसँगै म्याद सकिएका सामान बेच्ने क्रम बढ्यो

काठमाण्डाै - व्यापारीहरुले म्याद गुज्रिएका सामान बेच्ने र भाउ बढाउने गरेका पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँतिहारलाई लक्षित गरेर गरेको अनुगमनमा धेरैजसो व्यापारीले म्याद गुज्रिएका सामान बेच्ने र उपभोक्तासँग बढी मूल्य लिने गरेको भेटिएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो । उहाँका अनुसार यी बाहेक दर्ता नगरि, पसल सञ्चालन गरेका, बिलबिजक नभएका र अरु विभिन्न खालका अनियमितता भएको पनि  भेटिएका छन् । जनैपूर्णिमादेखि नै चाडपर्व लक्षित बजार अनुगमन गर्दै आएको दाबी ग...

बिहीवार मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ९.९९%  बढ्यो

भदौ १७, काठमाडौं । बिहीवार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत बढेको छ ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५०३ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढको हो । यस दिन कम्पनीको ७१ कित्ता शेयर खरीदविक्री भएको छ ।  कम्पनीको शेयर कारोबार साउन २० गतेदेखि प्रतिकित्ता रू. २९६ दशमलव ७ मा खुला भएको थियो । उक्त दिन कम्पनीको २० कित्ता मात्र शेयर खरीदविक्री भएको हो ।  कम्पनीको शेयर कारोबार सोमवार साउन १८ गतेदेखि हुनुपर्नेमा म्याचिङ नभएका कारण साउन २० गते प्रि ओपन सेसनमा म्याचिङ भएसँगै रेगुलर समयमा शेयर खरीदविक्री भएको थियो ।  कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले रू.११० दशमलव ५२ देखि ३३२ दशमलव ५२ मूल्य रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।  कम्पनीको आईपीओ साउन १७ गते सूचीकृत भएको हो । कम्पनीको १२ लाख ११ हजार ५०० कित्ता शेयर सूचीकृत भएको छ ।

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुवै योजनाको एनएभी बढ्यो

भदौ १४, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज ब्लूचिप फण्डले साउन मसान्तको वित्तीय विवरण सोमवार सार्वजनिक गरेका छन् ।  उक्त वित्तीय विवरण अनुसार दुवै योजनाको एनएभी असार मसान्तको तुलनामा साउन मसान्तमा वृद्धि भएको छ । सनराइज ब्लूचिप फण्डको एनएभी असार मसान्तसम्ममा रू. १० दशमलव शून्य ६ रहेकोमा साउन मसान्तमा वृद्धि भएर रू. १० दशमलव ५० पुगेको हो ।  त्यसैगरी, सनराइज फर्स्ट म्युचुअल फण्डको एनएभी साउन मसान्तमा रू. २० दशमलव ४८ पुगेको छ । असार मसान्तको तुलनामा साउन मसान्तसम्म योजनाको एनएभी १ रुपैयाँ २७ पैसाले वृद्धि भएको हो । असार मसान्तमा योजनाको एनएभी रू. १९ दशमलव २१ थियो ।  त्यसैगरी, यस योजनाको नाफामा कमी आएको छ । असार मसान्तसम्ममा यस योजनाले रू. ७६ करोड ८१ लाख २८ हजार नाफा कमाएकोमा साउन मसान्तमा घटेर रू. १५ करोड ५१ लाख ६४ हजारमा सीमित भएको हो । यस योजनाले सूचीकृत तथा सूचीकृत नभएका शेयर डिबेञ्चर तथा मुद्दति निक्षेपमा गरेको लगानीको लागतमूल्य रू. ६७ करोड ८८ लाख ८४ हजार रहेकोमा यसको बजार मूल्य रू. १ अर्ब १५ करोड २५ लाख २६ हजार पुगेको हो ।  त्यसैगरी, सनराइज ब्लूचिप फण्डले असार मसान्तसम्ममा रू. ६८ लाख ९३ हजार नाफा कमाएकोमा साउन मसान्तमा वृद्धि भएर रू. ५ करोड ६१ लाख ३४ हजार पुगेको हो । यस योजनाले साउन मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर तथा डिबेञ्चर तथा मुद्दति निक्षेपमा गरेको लगानीको लागत मूल्य रू. ५४ करोड ३९ लाख ४२ हजार रहेकोमा यसको बजार मूल्य रू. ७० करोड ८४ लाख २३ हजार पुगेको छ ।

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुवै योजनाको एनएभी बढ्यो

असार ११, काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्ट मेण्ट ग्रोथ स्किम २ र सिद्धार्थ इक्विटी फण्डले जेठ महीनाको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेका छन् । उक्त वित्तीय अुनसार दुबै योजनाको एनएभी (प्रतिइकाई खुद सम्पत्तिको मूल्य) मा वृद्धि भएको छ । सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को बैशाख मसान्तमा एनएभी रू. १७ दशमलव शून्य ८ रहेकोमा जेठ मसान्तमा वृद्धि भएर रू. १८ दशमलव २९ पुगेको हो ।   त्यसैगरी सिद्धार्थ इक्विटी फण्डको एनएभी वैशाख मसान्तमा रू. १६ दशमलव ७५ रहेकोमा जेठ मसान्तमा रू. १७ दशमलव ९० पुगेको हो । एनएभी बढेसँगै ती दुबै योजनाको नाफामा पनि वृद्धि भएको छ ।   सिद्धार्थ इक्विटी फण्डले वैशाख मसान्तसम्ममा रू. ९६ करोड ९० लाख८५ हजार नाफा कमाएकोमा जेठ मसान्तमा वृद्धि भएर रू. १ अर्ब १४करोड २८ लाख  पुगेको हो । उक्त योजनाले जेठ मसान्त सम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर, डिबेञ्चर तथा मुद्धति निक्षेपमा भएको लगानीको लागत मूल्य रू. १ अर्ब ७० करोड ४७ लाख ९८ हजार रहेकोमा यसको बजार मूल्य रू.२ अर्ब ४३ करोड ४६ लाख ५५ हजार पुगेको हो ।  त्यसैगरी सिद्धार्थ इन्भेष्मटेण्ट ग्रोथ स्किम २ ले वैशाख मसान्तसम्ममा रू. ७८ करोड नाफा कमाएकोमा जेठ मसान्तमा वृद्धि भएर रू. ९२ करोड ५१ लाख ५३ हजार पुगेको हो । उक्त योजनाले जेठ मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर डिबेञ्चर तथा मुद्धति निक्षेपमा भएको लगानीको लागत मूल्य रू. १ अर्ब २८ करोड ४ लाख १४ हजार रहेकोमा यसको बजार मूल्य रू. १ अर्ब ८९ करोड ३६ लाख ५३ हजार पुगेको छ ।  ती दुबै योजनाले जेठ महीनामा लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै नाफा लगायत एनएभीमा वृद्धि भएको हो ।

मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो

संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले मेक्सिकोमा अरु देशहरुबाट आएका आप्रवासी बालबालिकाको संख्या बढ्दै गएको देखिएको छ । सो प्र्रतिवेदनले यो वर्ष अर्थात् सन् २०२१ लागेपछि मेक्सिकोमा अवैधानिक रुपबाट आइपुग्ने बालबालिकाको संख्या करिब ३ हजार ५०० जति पुगिसकेको देखाएको छ । मेक्सिको छिर्नेमध्येका करिब ३० प्रतिशत बालबालिका आफ्ना आमाबुबा या अभिभावक विना नै त्यहाँ पुग्ने गरेका छन् । यो क्रम प्राय दिनहूजसो हुने गरेको बताइन्छ । उनीहरु हाल मेक्सिकोका विभिन्न आश्रयस्थलमा बस्ने गरेका छन् । ती आश्रयस्थलमा बसेकाहरुसँग कुने कागजात पनि नभएका र आफ्ना अभिभावक पनि नभएका पाइएको छ ।

उन्मूलनको लक्ष्य थियो तर नेपालमा 'दादुरा सङ्क्रमण बढ्यो'

पर्याप्त जनचेतना नभएका कारण खोप अभियान प्रभावकारी हुन नसकेको र दादुराको सङ्ख्यामा वृद्धि भएको हुन सक्ने विज्ञहरूको अनुमान छ।

विदेशी च्यानललाई शुल्क बढ्यो

काठमाडौं । सरकारले नेपालमा विदेशी च्यानल प्रसारणका लागि शुल्क बढाएको छ ।    समाचारमा भनिएको छ, सरकारले साउनदेखि लागू हुने गरी विदेशी च्यानलको डाउनलिंक शुल्क बढाएको हो ।    नयाँ शुल्कअनुसार विज्ञापन समावेश नभएका निशुल्क ...