दशैँ नजिकिएसँगै म्याद सकिएका सामान बेच्ने क्रम बढ्यो

काठमाण्डाै - व्यापारीहरुले म्याद गुज्रिएका सामान बेच्ने र भाउ बढाउने गरेका पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँतिहारलाई लक्षित गरेर गरेको अनुगमनमा धेरैजसो व्यापारीले म्याद गुज्रिएका सामान बेच्ने र उपभोक्तासँग बढी मूल्य लिने गरेको भेटिएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो । उहाँका अनुसार यी बाहेक दर्ता नगरि, पसल सञ्चालन गरेका, बिलबिजक नभएका र अरु विभिन्न खालका अनियमितता भएको पनि  भेटिएका छन् । जनैपूर्णिमादेखि नै चाडपर्व लक्षित बजार अनुगमन गर्दै आएको दाबी ग...

सम्बन्धित सामग्री

सर्लाहीमा खसी बोकाको व्यापार बढ्यो

सर्लाही । दशैँ नजिकिएसँगै सर्लाहीमा खसी बोकाको व्यापार सुरु भएको छ । किसानले गाउँबाट खसी बोका बिक्रीका लागि बजार ल्याउन थालेका छन् । वर्षभरी पालेको खसी बोका बेचेरै किसानले दशैँ, तिहारजस्ता मुख्य चाडपर्वको खर्च टार्दै आइरहेका छन् । लालबन्दी नगरपालिका–१३, नारायण डाँडाका बलबहादुर थिङले खसीबोका बेचेरै बर्सेनी दशैंँको खर्च टार्दै आइरहेको बताउनुभयो । जिल्लाको लालबन्दी, […]

छठ नजिकिएसँगै बाँसका सामग्रीको बिक्री बढ्यो

दशैँ सकिएसँगै सुनसरीको विभिन्न स्थानमा दीपावली र छठको चहलपहल बढेको छ । दीपावली र छठ नजिकिँदै जाँदा यी पर्वलाई लक्षित गर्दै डुम (मरिक) समुदायले बाँसको चोयाबाट बनाएका सामग्रीको बजारमा माग अत्यधिक बढेको छ । माग बढेकाले तराईका हाटबजारमा बाँसको सामग्रीको बिक्री पनि बढेको इनरुवा नगरपालिका–२ का राम मरिकले बताउनुभयो । विगतमा अरू बेला खासै बाँसको सामग्री बिक्री नहुने तर छठ आउन दुई साता बाँकी छँदै हाटबजारमा यी सामग्रीको माग र बिक्री बढेको राम मरिकले बताउनुभयो ।

दशैँ सुरु भएसँगै पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

काठमाण्डौ – दशैँ नजिकिएसँगै देशभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । गएको वर्षकाे तुलनामा दशैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ । दशैँ सुरु हुनुअघि पेट्रोल २२ लाख लिटर खपत हुने गरेको थियो । अहिले पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैनिक ५५ लाख लिटर खपत भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । दशैँ सुरु हुनुअघि भने डिजेल दैनिक औसत ३५ लाख लिटर खपत हुँदै आएको थियो । दशैँ मनाउ...

दशैँ नजिकिएसँगै पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

दशैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ। विगतको तुलनामा दशैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ।...

पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

काठमाडौं । दशैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दशैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ । साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजोआज पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैनिक ५५ […]

पाथीभरामा तीर्थयात्रीको चाप बढ्यो

ताप्लेजुङ – कोरोना सङ्क्रमणका कारण गएको तीन वर्षदेखि शिथिल भएको पाथीभरा देवीको मन्दिरमा तीर्थयात्रीको चाप बढेको छ । अहिले सिजन सुरु हुनुअघि नै दैनिक सात हजार जनासम्म तीर्थयात्री आउन थालेका छन् ।  कोरोनाको जोखिम घटेसँगै सिजन अगाडि नै दैनिक सात हजार जनासम्म तीर्थयात्री आएका पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।  पाथीभरा दर्शनका लागि वैशाखभरि नै मुख्य सिजन मानिन्छ । चैते दशैँ नजिकिएसँगै पाथीभरा दर्शन गर्न आउने तीर्थयात्रीहरूको सिजन सुरु भएको हो ।  काफ्लेका अनुसार ...

पोहोरको भन्दा यसपालीको दशैँ दोब्बर महँगो, कुन बस्तुमा कति बढ्यो भाउ ?

चाडवाडको सिजन सुरु भएको छ । दशैँ र तिहार नजिकिएसँगै बजारमा दैनिक उपभोग्य बस्तुको भाउ पनि उचालिएको छ । चामल र दालबाहेक सबैजसो दैनिक उपभोग्य बस्तुको भाउ बढेको छ । गत वर्षको तुलनामा यसवर्ष नेपालीहरुको दशैँ महँगो हुने देखिएको छ ।नेपाल खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार दशैँको मुखमा नभई जेठ असारदेखि नै महँगी बढ्न थालेको हो । दशैँको मुखमा पनि आयातित सामानमा केही मूल्य बढ्ने अनुमान गरिएको उनको भनाई छ । दाल चामलको भाउ कति बढ्यो ?गत वर्षको दशैँको तुलनामा सबैभन्दा कम मूल्य बढेका खाद्यान्न हुन् हुन् चामल र दाल । चालम र दालमा गत वर्षको तुलनामा २ देखि ५ प्रतिशत (भुगोल अनुसार) मात्रै मूल्य बढेको खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधर बताउँछन् ।गतवर्ष १५ सय रुपैयाँ रहेको सोना मंसुली चामल अहिले बढीमा १५ सय ७५ देखि १६ सयसम्ममा पाईने व्यवसायीहरुको भनाई छ । भान्छामा दैनिक पाक्ने रातो र कालो दालको मूल्य पनि अत्यन्त कम मात्रामा बढेको तुलाधरको भनाई छ ।तेलमा अनियन्त्रित मूल्य वृद्धितेलको भाउ अनियन्त्रित रुपमा बढेको छ । गत वर्षको दशैँको तुलनामा अहिलेको दशैँको समयमा खाने तेलको भाउ प्रति लिटर सय रुपैयाँले महँगिसकेको छ । गतवर्षको तुलनामा ८० प्रतिशतसम्म मूल्य बढेको तुलाधरको भनाई छ ।तर, उद्योगीहरुले भने कच्चा पदार्थको मुल्य दोब्वर भन्दा बढीले बढेकाले गत वर्षमा महशुल सरदर रु २० प्रति लि. रहेकोमा हाल सरदर रु ४५ भन्दा बढी पुगीसकेकाले खाने तेलको मूल्य बढेको दाबी गरेका छन् । सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामाग्रीमा प्रयोग हुने सामानको मुल्यसमेत अन्तराष्ट्रिय बजारमा अत्याधिक वृद्धि भएकाले तेलको भाउ बढाउनु परेको उद्योगीहरुको प्रष्टिकरण छ । केराउ आकाशियोगेडागुडीको भाउ बजारमा बढ्ने क्रममा छ । आयातित गेडागुडीको मूल्य गतवर्षको तुलनामा धेरै नै बढेको तुलाधर बताउँछन् । उनका अनुसार सबैभन्दा धेरै भाउ केराउको बढेको छ । गतवर्ष यस समयमा प्रतिकिलो ६० रुपैयाँदेखि ७० रुपैयाँमा पाइने केराउ अहिले प्रतिकिलो १२० रुपैयाँदेखि १३० रुपैयाँसम्म पर्ने गरेको छ ।‘यो आयातित केराउको भाउ, नेपाली केराउ त अहिले छैन’ तुलाधारले भने ।मसलाको मूल्य कति ?दैनिक भान्छामा प्रयोग हुने जिरा र धनियाँको मूल्य खासै नबढेपछि अरु मसिना मसलाको भाउ बढेको छ । ल्वाङ, सुकुमेल लगायतका विभिन्न मसला मिश्रित मसलाको प्याकेटको भाउ बढेको छ । जिरा प्रतिकिलो ३६० देखि ३८० रुपैयाँसम्म पर्दै आएको छ भने धनियाँ प्रतिकिलो २२० रुपैयाँमाथि छ । यो मूल्य गतवर्षको तुलनामा ३ प्रतिशत मात्रै बढी हो । मासुको भाउ पनि गतवर्षको तुलनामा प्रतिकिलो ३० रुपैयाँभन्दा बढी बढेको छ । यद्यपी, औसत मूल्य तोकिने भनिएको छ । औसत मूल्य नै तोकिएपनि उक्त मूल्यमा उपभोक्ताले नपाउने देखिएको छ ।हरियो प्याज, लसुन र धनियाँको भाउ अचाक्ली बढ्दोहरियो प्याजको भाउ अहिले प्रतिकिलो २ सय रुपैयाँको हाराहारीमा छ । गतवर्ष यतिबेला हरियो प्याज १२० रुपैयाँ प्रतिकिलोमा पाइन्थ्यो ।हरियो लसुनको पनि भाउ तेब्बरले बढेको छ । गतवर्ष अधिकतम् १४० रुपैयाँ प्रतिकिलो रहेको हरियो लसुन अहिले ३६० रुपैयाँ प्रतिकिलो पुगेको छ ।हरियो धनियाँ भान्छामा दैनिक प्रयोग हुने तरकारीजन्य बस्तु हो । यसको भाउ पनि अहिले अत्याधिक बढेको छ । गतवर्ष पुगनपुग २ सय रुपैयाँ प्रतिकिलोमा पाइने हरियो धनियाँ अहिले ५ सय रुपैयाँ छ ।

दशैँ नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

असोज ९, धरान । कोरोना संक्रमणका कारण दोस्रो चरणको लकडाउनमा बन्द भएको धरान स्थित कृषि उपज बजार स्थलको पशु बजार शुक्रवारबाट खुला गरिएको छ । संक्रमणको जोखिम कायमै रहेपनि दशैँ तिहार नजिकिदै गएपछि सर्वपक्षीय छलफलबाट कृषि बजारको पशु बजार खुला गरिएको हो । खुला गरिएकै दिन कृषि बजारमा खसी बोकाको कारोबार उल्लेख्य रुपमा भएको छ । दशैँको खर्च जोहो गर्ने कृषकहरुले बजार खुल्ला भएको थाहा पाएलगत्तै कोशी पहाडी जिल्लाबाट कृषकहरुले खसी बोका विक्रीका लागि बजार ल्याएका थिए । बजारमा भारतीय व्यापारीहरु आएका छन् ।  पूर्वी पहाडी क्षेत्र तथा सुनसरी र मोरङका कृषकहरुले खसी बोका विक्रीका लागि कृषि बजार नै ल्याउने गरेका छन् । लामो समयदेखि भएको बन्दका कारण दशैँलाई लक्षित गरेर पालिएका खसी बोका विक्री नहुने र चाडपर्व मनाउन नपाइएला भन्ने त्रास उनीहरुमा थियो । तर बजार खुलेसँगै उनीहरु उत्साहित बनेका छन् ।  धनकुटा डाँडाबजारकी विमला राई भन्छिन्, ‘कोरोनाकै कारण यस पटकको दशैँ खल्लो हुने हो कि भन्ने डर थियो, तर अब भने ढुक्क छु, यही खसी बोका पालेर दशैँ मनाउने विचार थियो, त्यो पूरा भयो ।’ उनले ५ ओटा खसी बोका विक्री गर्दा करीब १ लाख रुपैयाँ हातमा समाइन् । मेहनत गरेर चाडपर्वलाई लक्षित गरी पालिएको खसीबोका विक्री गर्न नपाएको भए दशैँ पनि राम्ररी मनाउन नपाइने उनी सुनाउँछिन् । यता व्यापारी पनि दशैका मुखमा आएर खसी बोकाको कारोबार गर्न पाएकोमा खुशी भएका छन् । झापा चन्द्रगढीका चन्द्र खड्काले कृषि बजारको पशु बजार खुल्यो नत्र दशै मनाउन नपाईला जस्तो लागेको बताए ।  धरान १३ कृषि उपज बजारका अनुसार बजार खुला भएको पहिलो शुक्रवार नै खसीबोकाको उल्लेख्य कारोबार भएको जानकारी दिएको छ । कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार बजार खुलेको पहिलो शुक्रवार नै १ करोड ६५ लाख बराबरको १५ हजार ७ ओटा खसीबोकाको कारोबार भएको बताए । उनले यो शुक्रवार जिउँदो खसी प्रतिकेजी ५५० रुपैयाँ प्रतिकेजी विक्री भएको बताए । अरु बेला मासिक ६ करोड बराबरको कारोबार हुने यो बजारमा कोरोना संंक्रमणले कारोबार नै प्रभावित बनाएको बताए । उनले भने, ‘विगतको वर्ष जस्तै यो वर्ष पनि कोरोनाकै कारण खसीबोकाको कारोबार प्रभावित बन्ने हो भन्ने डर थियो, तर कोरोना जोखिम केही सहज भएपछि हामीले पशु बजार खोलेका हौ, यो बजार खुलेपछि कृषक तथा व्यापारी सबैभन्दा बढी लाभान्वित भए ।’