पेट्रोलियम ढुवानी व्यवसायी पछिल्लो ४ महिनाको अवधिमा दोस्रो पटक आन्दोलनमा उत्रिएका छन् । यसअघि, चैत २० गतेदेखि आन्दोलनको घोषणा गरेका ढुवानी व्यवसायीहरूले पुनः सोमबारदेखि आन्दोलनमा होमिने घोषणा गरेका हुन् । यसअघि चैत २० गतेदेखि देशभरको सम्पूर्ण पेट्रोलियम कारोबार रोक्ने चेतावनीसहित पेट्रोलियम सम्बन्धी तीन वटा संस्थाले आन्दोलनको घोषणा गरेका थिए । पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशन र नेपाल एलपीजी ग्यास उद्योग संघले संयुक्त आन्दोलनको घोषणा गरेका थिए ।उनीहरूले पेट्