आउँदो शुक्रबारदेखि मुलुकभरका सहकारी पीडितले तेस्रो चरणको आन्दोलन गर्ने भएका छन् । सरकारले यसअघि गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेको भन्दै पीडितहरुको संगठन सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जेठ ११ गते (शुक्रबार) ११ बजेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेको हो ।