काठमाडौँ। आगामी मंसिर ४ गतेको निर्वाचन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बहिष्कार गर्ने भएको छ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, गोपाल किराती नेतृत्वको नेकपा माओवादी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले पनि आसन्न निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ।