६ महिना भित्रमा जहाज उड्ने तयारी, रनवेको काम सुरु

भैरहवा ।  अगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गको कालोपत्रे कार्य सुरु भएको छ । ३ किलोमिटरको रहेको धावनमार्गमा अब कालोपत्रे र लाइटिङ्गको काम मात्र ...

सम्बन्धित सामग्री

बिजुली तार भूमिगत गर्ने काम पुनः सुरु

गत असारदेखि ठप्प भएको बिजुली तार भूमिगत गर्ने काम सुरु भएको छ । झन्डै ६ महिना ठप्प बनेको काम नेपाल विद्युत् प्राधिकरणले सडक विभागसँग सम्झौता गरेसँगै सुरु भएको हो । प्राधिकरणले ०७६ फागुनबाट काठमाडौं उपत्यकालगायत क्षेत्रमा बिजुली तार भूमिगत गर्ने काम सुरु गरेको थियो । ०७९ साउनसम्म काम सक्ने लक्ष्य लिए पनि विभागले सडक खन्न अनुमति नदिँदा गत असारदेखि मंसिरसम्म ठप्प भएको प्राधिकरणले जनाएको छ ।

ऐनकै दफा भन्छ, ‘नेपालमा उद्योग खोल्ने वातावरण नै छैन’

नेपालमा औद्योगिक वातावरण छैन भन्ने प्रमाण ‘औद्योगिक व्यवसाय ऐन–२०७६’ले नै पुष्टि गरेको छ । उक्त ऐनको दफा ९ मा सञ्चालन म्यादको व्यवस्था छ । तर, उक्त व्यवस्थाले सञ्चालन म्यादमा अंकुश लगाउँदा उद्योगमा लगानी ‘फसाएका’हरुको बिचल्लि हुने अवस्था छ ।औद्योगिक व्यवसाय ऐन–२०७६ को दफा ९ (७) अनुसार उद्योगको प्रकृति हेरेर सञ्चालन म्याद तय हुने व्यवस्था छ ।उदाहरणका लागि, कुनै उद्योग १ वर्षभित्र सञ्चालनमा आउने गरी उद्योग विभागमा दर्ता भयो । उक्त उद्योग १ वर्षभित्र सञ्चालनमा आउन नसक्ने भयो भने सञ्चालन म्याद सकिनु कम्तीमा ३० दिन अगाडी कारण खुलाएर १ उद्योग विभागमा निवदेन दिएमा पुनः १ वर्ष सञ्चालन म्याद थप हुन्छ ।जस्तो की, २०७८ बैशाख १ गते कुनै उद्योग १ वर्षभित्र सञ्चालनमा आउने गरी दर्ता भएको तर, उक्त अवधिमा सञ्चालनमा आउन नसक्ने भएमा २०७८ चैत १ गते नै उद्योगको तर्फबाट विभागमा निवेदन दिएमा १ वर्ष सञ्चालन म्याद थप हुन्छ ।यदि, सोही उद्योग सञ्चालन म्याद सकियो तर, सञ्चालनमा आएन भने उद्योगले सञ्चालन म्याद सकिएको ६ महिनाभित्र निवेदन दिएमा पनि पूँजी अनुसार निश्चित जरिवाना लगाएर म्याद थपिने व्यवस्था छ ।तर, उद्योग दर्ता भयो, सञ्चालन म्याद सकियो, सञ्चालन म्याद सकिएको ६ महिनासम्म उक्त उद्योगले कुनै निवेदन दिन सकेन भने उक्त उद्योग स्वतः निष्क्रिय हुन्छ । उदाहरणका लागि ‘क’ नाम गरेको लगानीकर्ताले ‘ए’ नाम गरेको उद्योग दर्ता गर्यो, १ वर्षभित्र सञ्चालनमा आउने गरी काम सुरु गर्यो, १ वर्षमा ५० लाख खर्च गर्यो, सञ्चालनमा आउन सकेन, ऐनमा भएको व्यवस्था अनुसार म्याद सकिन १ महिना बाँकी हुँदै निवेदन बुझाउन सकेन, म्याद सकिएको ६ महिनाभित्र पनि निवेदन बुझाउन सकेन भने उक्त उद्योग स्वतः निष्क्रिय भयो । कुनैपनि हालतमा उक्त उद्योगले पुनः सञ्चालन म्याद पाउने अवस्था ऐनमा कतै उल्लेख छैन । यसो हुँदा उक्त ए नाम गरेको उद्योगमा गईसकेको लगानी खेर गयो । ‘कानुन बनाउनेहरु उद्योगमैत्री, औद्योगिक वातावरणमैत्री भईदिएनन् भन्ने प्रमाण हो यो’ एक जना उद्योगी भन्छन्, ‘उ निवेदन बोकर आउन नसक्ने कारण हुन सक्छन् नि । लगानी फसाएको हुन्छ, कि त्यसको क्षतिपुर्ति दिईनु पर्यो, कि म्याद थपेर उसलाई सञ्चालनमा आउन दिनुपर्यो ।’सञ्चालन म्याद सकिएर ६ महिना कटेपछि जरिवाना लिएरै भएपनि पुनः सञ्चालन म्याद थप गर्न सक्ने कानुनी व्यवस्था नहुँदा उद्योग विभागमा करिब २ दर्जन उद्योगीहरु निरन्तर भौतारिरहेका छन् । अब हुन्छ की ?उद्योग विभाग आफैँले औद्योगिक व्यवसाय ऐन–२०७६ मा व्यवस्था भएको सञ्चालन म्याद व्यवहारिक र औद्योगिक वातावरण मैत्री नभएको भन्दै पटक पटक मन्त्री र सचिवलाई भन्दै आएको छ । यस विषयमा हालका उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडु भने ऐन संशोधनमा सकारात्मक देखिएका छन् ।‘केही नेपाल ऐन संशोधन’मार्फत औद्योगिक व्यवसाय ऐन–२०७६ लाई संशोधन गरेर सञ्चालन म्याद ६ महिना पनि कटेको अवस्थामा के गर्ने भन्ने कुरा स्पष्ट रुपमा लेख्ने तयारी मन्त्रालयले गरेको छ ।

सरकारले बजेट नदिएपछि योगीकुटी-तिनाउ सडक निर्माण अलपत्र

बुटवल - सरकारले बजेट निकासा नगर्दा योगीकुटी-तिनाउ (सीमा) सडक निर्माणको काम रोकिएको छ । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सिमाना जोड्ने यो सडकले योगीकुटीदेखि मगरघाट पुल हुँदै तिनाउ पारि जोड्ने छ । काम सुरु भएको ६ महिना बितिसक्दासमेत सरकारले बजेट नदिएपछि सडक निर्माण रोकिएको हो । यसअघि २७ फिट रहेको यो ...

सुस्त गतिमा बलेवा विमानस्थल निर्माण

बागलुङ । निर्माण व्यवसायीले तोकिएकै समयमा निर्माणको काम गरेको भए यतिबेला बागलुङको बलेवा विमानस्थल जहाज उडिसक्ने भइसक्थ्यो । निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका कारण बलेवा विमानस्थलको दुई पटक म्याद थपेर सकिँदासमेत काम सम्पन्न हुन सकेको छैन ।   धावनमार्ग कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायीले कोरोना र वर्षाका कारण समयमै काम सक्न समस्या भएको बताउँदै आएका छन् । १ वर्षमै सक्ने विमानस्थल ४ वर्ष बित्दासमेत निर्माणको काम कछुवा गतिमा छ । नागरिक उड्डयन प्राधिकरणले ६ महिना म्याद थप्दासमेत निर्माणको काम नसकेर पुनः असारदेखि म्याद सकिएको छ ।    विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्रे गर्न नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्पmत ०७६ फागुनमा काम सुरु गरे पनि बन्दाबन्दी र वर्षाका कारण कालोपत्रे प्रभावित बन्दै आएको धावनमार्ग कालोपत्र गर्ने जिम्मा पाएको काष्ठमण्डप उमा एन्ड कम्पनी जेभी बल्खुका प्रतिनिधि वासु थापाले जानकारी दिए ।     ०७७ माघ मसान्तसम्म कालोपत्र सक्ने गरी निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले कोरोना महामारी र निरन्तरको वर्षाको कारण पुनः २०७८ असार मसान्तसम्म काम सक्ने गरी ६ महीना ठेक्का म्याद थपे पनि भदौसम्म विमानस्थल कालोपत्रे भएको छैन ।    अहिले म्याद सकिएको र निरन्तर वर्षा भइरहेकाले विमानस्थलको काम ठप्प छ । पुनः ६ महिना म्याद थपको प्रक्रियामा पुगेकोे थापाले बताए । विमानस्थल निर्माणमा भइरहेको ढिलाइप्रति प्राधिकरण चनाखो भए पनि निरन्तरको झरी र कोरोनाका कारण समस्या भएको ओझाको भनाइ छ । ‘विमानस्थल कालोपत्रेमा ढिलाइ हुनुमा निर्माण व्यवसायीको दोष देखिँदैन ।  पूर्वाधारमा कुनै कुसर बाँकी राखेको छैन, तर विमानस्थल कालोपत्र गर्ने काम मौसममा निर्भर हुन्छ । सुरुमा कालोपत्रेका लागि आवश्यक कच्चा पदार्थको ढुवानीमा समस्या भयो, ढुवानी हुन थालेपछि वर्षा लाग्यो । सडक अवरुद्ध भयो’, उनले भने ।     कालोपत्रे गर्न आवश्यक कच्चा सामग्री ढुवानी गर्ने सडक रहेको कालीगण्डकी करिडोर वर्षा लागेपछि अवरुद्ध छ । बागलुङको बलेवा विमानस्थल धानवमार्ग (रनवे) कालोपत्रको पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ । विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे गरी सक्ने गरी नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एन्ड कम्पनी जेभीसँग ७ करोडमा ठेक्का सम्झौता गरेको थियो । रासस

भारतमा रोजगारी गुमाएर फर्किनेको नाकामा भिड

१० वैशाख, डोटी । कैलालीका शिवराज राना रोजगारीका लागि भारत गएको जम्माजम्मी पाँच महिना भएको छ । भारतमा कोरोना महामारी फैलिएपछि गएको जेठमा नोकरी छोडेर नेपाल आएका शिवराजले २१ दिन क्वारेन्टिनमा बिताउँदा अब भारत नजाने निधो गरेका थिए । नेपालमै बसेर केही गर्ने सपना बुनेका उनले ६ महिना गाउँमै बिताए । तर कुनै काम सुरु […]