गत असारदेखि ठप्प भएको बिजुली तार भूमिगत गर्ने काम सुरु भएको छ । झन्डै ६ महिना ठप्प बनेको काम नेपाल विद्युत् प्राधिकरणले सडक विभागसँग सम्झौता गरेसँगै सुरु भएको हो । प्राधिकरणले ०७६ फागुनबाट काठमाडौं उपत्यकालगायत क्षेत्रमा बिजुली तार भूमिगत गर्ने काम सुरु गरेको थियो । ०७९ साउनसम्म काम सक्ने लक्ष्य लिए पनि विभागले सडक खन्न अनुमति नदिँदा गत असारदेखि मंसिरसम्म ठप्प भएको प्राधिकरणले जनाएको छ ।