लामो समयको खडेरीपछि शनिबार र आइतबार पर्वतका बिभिन्न स्थानमा भएको वर्षाले किसानलाई राहत भएको छ । गहुँ, फापर, तोरीलगायत बाली भित्र्याउने र मकै तथा बेमौसमी तरकारी रोप्ने समयमा वर्षा भएपछि किसान उत्साहित छन् । हिउँदको समयमा खोलानालामा पानीको सतह घट्ने, पानीका मूल पनि सुक्ने हुँदा लेकाली बस्तीमा सिँचाइको अभाव हुन्छ । हिउँदे वर्षा भएमा मात्रै मकै खेती गर्ने किसानका लागि २ दिनसम्म लगातार परेको वर्षाले राहत मिलेको छ । सुक्खा खेतबारी वर्षाले भिजेपछि किसान खेतबारी खनजोत गरी तरकारी तथा मकै बाली लगाउन व्यस्त छन् ।