खोटाङमा ७० प्रतिशत रोपाई सकियो

खोटाङमा साउन लाग्दा ७० प्रतिशत रोपाई सकिएको छ । जिल्लाको १२ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएकामा सोमबारसम्ममा नौ हजार २८ हेक्टरमा रोपाई सकिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।असारमा पर्याप्त वर्षा भएका कारण खोटाङमा विगतको तुलनामा चाँडो रोपाइ भएको हो । बेलामा धान रोप्न पाउँदा किसान उत्साहित छन् । जिल्लाको लेकाली क्षेत्रमा रोपाइ सकिएको र बेँसीमा धमाधम रोपाइ जारी रहेको ज्ञान केन्द्रले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिकामध्