हेटौंडा : हेटौंडामा एन्टिजेन परीक्षण किट अभाव भएको छ। अस्पतालमा आकस्मिक शल्यक्रिया वा तत्काल उपचार गर्नुपर्ने अन्य रोगका बिरामीको कोरोना संक्रमण रहे÷नरहेको पहिचान गर्न एन्टिजेन विधिको प्रयोग गरिन्छ।हेटौंडा उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन भोला चौलागार्इंले शनिबारदेखि एन्टिजेन परीक्षण किट अभाव भएको बताए। गम्भीर अवस्थामा रहेका बिरामी, गर्भवती वा अन्य बिरामीको तत्काल अपरेसन तथा उपचार गर्नु परे उनीहरुमा कोरोना छ छैन छिटो पत्ता लगाउन एन्टिजेन किटको प्रयोग गर्दै आएको उनले बताए।‘