प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र जनतासँग नजिक भएर काम गर्न पनि पाइने भएका कारण सहजै राजीनामा दिएर स्थानीय तह निर्वाचनमा लड्ने नेताहरू हुन्, काजिमान कागते, विजय सुवेदी र कृष्ण थापा । यी तीनै जना नेता नेकपा एमालेका हुन् । कागते इलामको सूर्योदय नगरपालिकाको प्रमुख पदका लागि प्रतिस्पर्धामा उत्रिए । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहपालिका पनि यही हो । कागते खनालकै पार्ट