रुसमा लोकप्रिय बन्दै नेपाली ब्रान्डको चिया, बिक्री बढेपछि थपिँदै उद्योग

काठमाडौं : १९ वर्षअघि डा. बद्री केसी र एकनारायण चापागाइँले विभिन्न देशबाट चिया आयात गरेर रुसमा बिक्री थालेका थिए। त्यतिबेला उनीहरुले श्रीलंका, भारत, भियतनाम, चीन, केन्या लगायतका देशबाट चिया आयात गरेर रुसमा बिक्री गर्थे। सन् २००२ बाट आफ्नै नाममा ब्राण्डिङ गरेर थालेको चिया व्यापार रुस र पुरानो सोभियत संघका मुलुकहरुमा…

सम्बन्धित सामग्री

मैले भन्दैमा युवा नेपालमै बस्छन् र?

काठमाडौँ- उद्यमी जगन्नाथ महर्जनको ‘फेमिली’ उद्योग ‘खजुरिको’ले १५ सय जनालाई रोजगारी दिएको छ, प्रत्यक्ष रुपमा। अप्रत्यक्ष रुपमा पनि यसले थुप्रैलाई रोजगारी दिएको छ। देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले महर्जनसँग खजुरीको ब्रान्डको लोकप्रियताको चर्चामात्र गरेनौँ, यसका संघर्षका थुप्रै वृत्तान्तहरु पनि खोतल्यौँ। ४० वर्षअघि बुवाको व्यवसाय सम्हाल्दै घरघरमा पाउरोटी बेच्न हिँडेका महर्जन अहिले ललितपुर, चितवन र मकवानपुर […]

मेहनत गरे स्वदेशमै छ अवसर

काठमाडौं– नेपालमा वातावरण छैन भन्दै अवसरको खोजीमा दैनिक सयौं युवा विदेशिइरहेका बेला यहीँ उद्यम सुरु गर्नेहरु पनि थुपै्र छन् । यस्तैमध्येमा पर्छन् २२ वर्षे मिरज ढुंगाना र २५ वर्षीय निरज अधिकारी । उनीहरुले निरज एण्ड मिरज कम्पनी प्रालि नामक छाला जुत्ता उद्योग खोलेर राम्रो व्यापार गरिरहेका छन् । ‘एलई लर्ड’ ब्रान्डको गुणस्तरीय नेपाली छाला जुत्ता […]

सुनसरी-मोरङ औद्योगिक करिडोरमा थपियो नयाँ उद्योग

१० पुस, विराटनगर । सुनसरी-मोरङ औद्योगिक करोडमा नयाँ स्टिल उद्योग थपिएको छ । ५ जना व्यावसायीले २ अर्ब ५० करोड लगानीमा नयाँ स्टिल उद्योग स्थापना गरेका हुन् । सुनसरीको दुहबी नगरपालिका-१ परास्टोकीमा स्थापित उद्योगले बजरंग ब्रान्डको टीएमटी उत्पादन गर्नेछ । नयाँ स्थापित उद्योगले व्यावसायिक कारोबार सुरु गरिसकेको सञ्चालकले बताएका छन् । उद्योगले स्टिल बिलेटको व्यावसायिक […]

अनधिकृत रुपमा अन्य ब्रान्डको लोगो राखेर चामल बेच्ने उद्योगमा सिल, सञ्चालक पक्राउ

काठमाडौँः अनधिकृत रुपमा अन्य उद्योगको ब्रान्ड राखेर चामल प्याकेजिङ तथा बिक्री गर्ने एक उद्योगलाई सिल गरिएको छ। प्रहरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले ललितपुर महानगरपालिका ३ सुन्दरीघाटमा रहेको सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योग सिल गरेको हो।  भारतबाट चामल आयात गरी अनधिकृत रुपमा विभिन्न ब्रान्डको लेबल राखेर चामल…

सामसङको एलईडी टिभी नेपालमै बन्ने, नेपालका लागि कोसेढुंगा साबित

नवलपरासी । सामसङ ब्रान्डको एलईडी टिभी अब नेपालमै बन्ने भएको छ । गोल्छा अर्गनाइजेसनअन्तर्गतको हिम इलेकट्रोनिक्स र सामसङको सहकार्यमा सामसङ एलईडी टिभी नेपालमै एसेम्बल गर्न लागिएको हो । त्यसका लागि पश्चिम नवलपरासीको भूमहीमा उद्योगको स्थापना गरिने भएको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीएफओ एचके पार्कले उद्योगको शिलान्यास […]

नेपालमा जुत्ताचप्पल उद्योग : सम्भावनाभन्दा चुनौती बढी

काठमाडौं । आत्मनिर्भरतातर्फ उन्मुख भनिएको जुत्ताचप्पल उद्योग क्षेत्रमा सम्भावनाभन्दा चुनौती बढी देखिएको छ । सरकारले जुत्ताचप्पल उद्योगलाई आत्मनिर्भर उन्मुख उद्योगका रूपमा लिएको छ । त्यसको सम्भावना देखिए पनि चुनौती पनि उस्तै देखिएको हो । नेपाल राष्ट्र बैंक हालै सार्वजनिक गरेको गत आवको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययनले स्वदेशी जुत्ताचप्पलको बजार विस्तार हुने सम्भावना देखाएको छ । तर, त्यसका लागि चुनौती पनि उत्तिकै मात्रामा रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा जुत्ताचप्पलका लागि आवश्यक पर्ने कच्चा पदार्थ पर्याप्त मात्रामा छैन । कच्चा पदार्थका लागि चीन र भारतलगायत मुलुकमा भर पर्नुपर्ने अवस्था छ । कच्चा पदार्थ आयातको लागत पनि उच्च रहेको राष्ट्र बैंकको भनाइ छ । नेपाली उत्पादनले भारत र चीनबाट आयातित सस्ता जुत्तासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । साथै, औद्योगिक कर्जाको ब्याज तुलनात्मक रूपमा बढिरहेको छ । फलस्वरूप जुत्ताचप्पल उद्योग विस्तारमा चुनौती थपिएको छ । जुत्ताचप्पल उत्पादनमा आधुनिक प्रविधिको अभाव छ । नेपाली जुत्ताचप्पल उद्योगका लागि स्वदेशी कामदार छैनन् । भारतबाट कामदार ल्याउनुपर्ने छ । बजारमा नक्कली ब्रान्डको बिगबिगी रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । यसले बजार विस्तारमा चुनौती खडा गर्ने बताइएको छ । नेपाली जुत्ताचप्पलको प्रतिस्पर्धी क्षमता पनि कम रहेको छ । निर्यातमा आधारित उद्योगको गुणस्तर राम्रो भए पनि अधिकांश जुत्ताचप्पल उद्योग गुणस्तरीय मापदण्डअनुसार छैनन् । त्यसमाथि कोरोना महामारीका कारण झन्डै ९ महीना उद्योग बन्द हुँदा पनि समस्या थपिएको राष्ट्र बैंकको भनाइ छ । अधिकांश यस्ता उद्योग न्यून उत्पादन क्षमता (करीब ४० प्रतिशतमा) मा सञ्चालनमा छन् । यतिका चुनौती हुँदा पनि सम्भावनाका आधार भने सीमित देखिएका छन् । स्वदेशी जुत्ताचप्पलमा नेपाली ग्राहकको विश्वास र रुचि बढ्दै गएको भविष्यमा बजार विस्तार हुने देखिएको छ । जुत्ताचप्पल उद्योग सरकारको प्राथमिकतामा रहेका कारण पनि विस्तारको सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, यस्ता उद्योगमा लगानी बढ्दै गएको छ । गुणस्तरमा सुधार ल्याउन सके विदेशी माग बढ्न जाने सम्भावना पनि छ । स्वदेशमा छाला प्रशोधन उद्योग र सोल निर्माण उद्योग स्थापनाको सम्भावना पनि रहेको देखाइएको छ । त्यसबाट रोजगारी र आय आर्जन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने भएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले जुत्ताचप्पल उद्योगमा सम्भावनासँगै चुनौती पनि देखिएको बताए । आर्थिक गतिविध सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको उनको भनाइ छ । सरकारको स्वामित्वमा रहेको बाँसबारी जुत्ता कारखानाको निजीकरणपश्चात् नेपालमा निजीक्षेत्रमा जुत्ता उद्योगको विस्तार भएको हो । सरकारले यसलाई आत्मनिर्भरता उन्मुख उद्योगको सूचीमा राखेको छ । जुत्ताचप्पल उद्योगले नेपालमा ६५ प्रतिशत बजार ओगटेको छ । उद्योग विभाग, २०७८ को प्रतिवेदनअनुसार नेपालमा जुत्ताचप्पल उद्योगमा करीब रू. १२ अर्ब लगानी रहेको छ । साथै, ६ ओटा ठूला जुत्ताचप्पल उद्योग, १५ ओटा मध्यमस्तरका उद्योग, ३ सयओटा साना उद्योग र १ हजार २ सयओटा लघु–उद्योगहरू छन् । आर्थिक वर्ष २०७७/७८ मा फुटवेयरको माग करीब ९ करोड जोर रहेको अनुमान छ । आव २०८१/८२ मा अर्थात् ५ वर्षमा त्यो २८ प्रतिशत वृद्धि गरी ११ करोड पुग्ने अनुमान गरिएको छ ।

नेपालगञ्जमा जिपको ‘प्रिमियम’ सोरुम

नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले नेपालमा नयाँ सोरुम सुरु गरेको छ । गजानन् अटो ट्रेडिङले नेपालगञ्जमा जिपको आउटलेट सञ्चालनमा ल्याएको हो ।पश्चिम नेपालको पहिलो जिप सोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य संघ–नेपालगञ्जका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरे । उद्घाटन कार्यक्रममा उनले प्रतिष्ठित जिप ब्रान्ड पश्चिम नेपालको अटोमोबाइल बजारमा आउनु ठूलो कोशेढुंगा भएको बताए । त्यसैगरी, एमएडब्लु ग्रुपका प्रमुख महानिर्देशक चिरञ्जीवी शाहले तीन वर्षअघि नेपालमा औपचारिक रुपमा भित

५० करोड लागतमा नेपालमै आरसी कोला उत्पादन शुरु

अमेरिकी ब्रान्डको उत्कृष्ट पेय पदार्थ आरसी कोला नेपालमा पनि उत्पादन शुरु भएको छ । कुल ५० करोड लागतमा भेञ्चुरा बोटलर्स प्रालिले मकवानपुरमा उद्योग प्लान्ट स्थापना गरि आरसी कोलाको औपचारिक उत्पादन शुरु गरेको हो । हल्का  कार्बोनेटेड पेय उत्पादन रुपमा हालैमात्र उत्पादन थालनी गरेको कम्पनीले आइतबारदेखि बजारमा आरसी कोला औपचारिक रुपमै सार्वजनिक गरेको छ । माइट्टी रेन, आर सी क्यू लेमन लाइम, आर सी क्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटर गरि ६ भेरियन्टमा उपलब्ध आरसी कोला देशैभरिका खुद

बलिउड नायिका भूमिकाको सहयोग गर्ने बेग्लै शैली

एजेन्सी। बलिउड नायिका भूमिका चावलाले कोरोना महामारीबीच पीडितहरुलाई सहयोगको नयाँ शैली अपनाएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत साना उद्योगी र ब्रान्डहरुलाई निःशुल्क सहयोग गर्ने बताएकी हुन्। ती उद्योग र ब्रान्डको विश्वासनीयता जाँच गरेर मात्र सहयोग गर्ने उनले इन्स्टाग्राममार्फत जनाएकी छिन्। उनले यस्तो कार्यले साना उद्योगीलाई मद्दत पुग्ने बताएकी हुन्।

अन्तर्राष्ट्रिय ब्रान्डको नाममा कपडा उत्पादन गर्ने उद्योग कारबाहीमा

२६ पुस, वीरगञ्ज । वीरगञ्जमा एक कपडा उद्योगलाई तीन लाख जरिबाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ मा सञ्चालित एसआर रेडिमेड उद्योगलाई तीन लाख जरिबाना गरिएको हो । उद्योगलाई जरिबाना रकम सात दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न भनिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ नेतृत्वको टोलीले अनुगमन गर्दा विभिन्न प्रतिष्ठित ब्रान्डको नाममा कपडा […]