नेपालमा जुत्ताचप्पल उद्योग : सम्भावनाभन्दा चुनौती बढी

काठमाडौं । आत्मनिर्भरतातर्फ उन्मुख भनिएको जुत्ताचप्पल उद्योग क्षेत्रमा सम्भावनाभन्दा चुनौती बढी देखिएको छ । सरकारले जुत्ताचप्पल उद्योगलाई आत्मनिर्भर उन्मुख उद्योगका रूपमा लिएको छ । त्यसको सम्भावना देखिए पनि चुनौती पनि उस्तै देखिएको हो । नेपाल राष्ट्र बैंक हालै सार्वजनिक गरेको गत आवको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययनले स्वदेशी जुत्ताचप्पलको बजार विस्तार हुने सम्भावना देखाएको छ । तर, त्यसका लागि चुनौती पनि उत्तिकै मात्रामा रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा जुत्ताचप्पलका लागि आवश्यक पर्ने कच्चा पदार्थ पर्याप्त मात्रामा छैन । कच्चा पदार्थका लागि चीन र भारतलगायत मुलुकमा भर पर्नुपर्ने अवस्था छ । कच्चा पदार्थ आयातको लागत पनि उच्च रहेको राष्ट्र बैंकको भनाइ छ । नेपाली उत्पादनले भारत र चीनबाट आयातित सस्ता जुत्तासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । साथै, औद्योगिक कर्जाको ब्याज तुलनात्मक रूपमा बढिरहेको छ । फलस्वरूप जुत्ताचप्पल उद्योग विस्तारमा चुनौती थपिएको छ । जुत्ताचप्पल उत्पादनमा आधुनिक प्रविधिको अभाव छ । नेपाली जुत्ताचप्पल उद्योगका लागि स्वदेशी कामदार छैनन् । भारतबाट कामदार ल्याउनुपर्ने छ । बजारमा नक्कली ब्रान्डको बिगबिगी रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । यसले बजार विस्तारमा चुनौती खडा गर्ने बताइएको छ । नेपाली जुत्ताचप्पलको प्रतिस्पर्धी क्षमता पनि कम रहेको छ । निर्यातमा आधारित उद्योगको गुणस्तर राम्रो भए पनि अधिकांश जुत्ताचप्पल उद्योग गुणस्तरीय मापदण्डअनुसार छैनन् । त्यसमाथि कोरोना महामारीका कारण झन्डै ९ महीना उद्योग बन्द हुँदा पनि समस्या थपिएको राष्ट्र बैंकको भनाइ छ । अधिकांश यस्ता उद्योग न्यून उत्पादन क्षमता (करीब ४० प्रतिशतमा) मा सञ्चालनमा छन् । यतिका चुनौती हुँदा पनि सम्भावनाका आधार भने सीमित देखिएका छन् । स्वदेशी जुत्ताचप्पलमा नेपाली ग्राहकको विश्वास र रुचि बढ्दै गएको भविष्यमा बजार विस्तार हुने देखिएको छ । जुत्ताचप्पल उद्योग सरकारको प्राथमिकतामा रहेका कारण पनि विस्तारको सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, यस्ता उद्योगमा लगानी बढ्दै गएको छ । गुणस्तरमा सुधार ल्याउन सके विदेशी माग बढ्न जाने सम्भावना पनि छ । स्वदेशमा छाला प्रशोधन उद्योग र सोल निर्माण उद्योग स्थापनाको सम्भावना पनि रहेको देखाइएको छ । त्यसबाट रोजगारी र आय आर्जन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने भएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले जुत्ताचप्पल उद्योगमा सम्भावनासँगै चुनौती पनि देखिएको बताए । आर्थिक गतिविध सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको उनको भनाइ छ । सरकारको स्वामित्वमा रहेको बाँसबारी जुत्ता कारखानाको निजीकरणपश्चात् नेपालमा निजीक्षेत्रमा जुत्ता उद्योगको विस्तार भएको हो । सरकारले यसलाई आत्मनिर्भरता उन्मुख उद्योगको सूचीमा राखेको छ । जुत्ताचप्पल उद्योगले नेपालमा ६५ प्रतिशत बजार ओगटेको छ । उद्योग विभाग, २०७८ को प्रतिवेदनअनुसार नेपालमा जुत्ताचप्पल उद्योगमा करीब रू. १२ अर्ब लगानी रहेको छ । साथै, ६ ओटा ठूला जुत्ताचप्पल उद्योग, १५ ओटा मध्यमस्तरका उद्योग, ३ सयओटा साना उद्योग र १ हजार २ सयओटा लघु–उद्योगहरू छन् । आर्थिक वर्ष २०७७/७८ मा फुटवेयरको माग करीब ९ करोड जोर रहेको अनुमान छ । आव २०८१/८२ मा अर्थात् ५ वर्षमा त्यो २८ प्रतिशत वृद्धि गरी ११ करोड पुग्ने अनुमान गरिएको छ ।

सम्बन्धित सामग्री

उच्च निर्यात सम्भावना रहेको जुत्ताचप्पल उद्योग किन कमजोर ?

सरकारले जुत्ताचप्पल (फुटवेयर) उद्योगलाई उच्च निर्यात सम्भावना भएको क्षेत्रका रूपमा पहिचान गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटमा सरकारले निर्यात सम्भावना भएका उत्पादनहरूको सूचीमा जुत्ताचप्पल उद्योगलाई पनि राखेको छ । चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाअनुसार नेपालका लागि क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी र सूचना प्रविधि उच्च निर्यात सम्भावना भएका वस्तु […]

निर्यातको सम्भावना रहेको जुत्ताचप्पल उद्योग किन कमजोर ?

सरकारले जुत्ताचप्पल (फुटवेयर) उद्योगलाई उच्च निर्यात सम्भावना भएको क्षेत्रका रूपमा पहिचान गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटमा सरकारले निर्यात सम्भावना भएका उत्पादनहरूको सूचीमा जुत्ताचप्पल उद्योगलाई पनि राखेको छ । चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाअनुसार नेपालका लागि क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी र सूचना प्रविधि उच्च निर्यात सम्भावना भएका वस्तु …

उच्च निर्यात सम्भावना रहेको जुत्ताचप्पल उद्योग किन कमजोर ?

काठमाडौँ । सरकारले जुत्ताचप्पल (फुटवेयर) उद्योगलाई उच्च निर्यात सम्भावना भएको क्षेत्रका रूपमा पहिचान गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेटमा सरकारले निर्यात सम्भावना भएका उत्पादनहरूको सूचीमा जुत्ताचप्पल उद्योगलाई पनि राखेको छ । चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाअनुसार नेपालका लागि क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी र सूचना प्रविधि उच्च निर्यात सम्भावना […]

गुणस्तरीय जुत्ताचप्पल उत्पादन गर्न नेपालको उद्योग सक्षम छन्ः उपाध्यक्ष न्यौपाने

काठमाडौँ – फुटवेयर एसोसिएसनका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले गुणस्तरीय र सर्वसुलभ मूल्यका जुत्ताचप्पल उत्पादन गर्न नेपालका उद्योग सक्षम रहेको बताएका छन्। नेपालमा उत्पादित जुत्ताचप्पल ६१ प्रतिशत नेपालमै खपत भइरहेको र नेपाललाई आवश्यक पर्ने उत्पादनका लागि नेपाली जुत्ताचप्पल उद्योग सक्षम रहेको बताए। उपाध्यक्ष न्यौपानेले पछिल्लो समय नेपालमा उत्पादित १ करोड जोर जुत्ता विदेशमा निर्यात हुने गरेको बताए। […]

गुणस्तरिय जुत्ताचप्पल उत्पादन गर्न नेपाल सक्षम : उपाध्यक्ष न्यौपाने

काठमाडौं । फुटवेयर एशोसिएशनका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले गुणस्तरिय र सर्वसुलभ मूल्यका जुत्ता चप्पल उत्पादन गर्न नेपालका उद्योग सक्षम रहेको बताउनुभएको छ । नेपालमा उत्पादन भएका जुत्ताचप्पल ६१ प्रतिशत नेपालमा नै खपत भइरहेको र नेपाललाई आवश्यक पर्ने उत्पादनका लागि नेपाली जुत्ताचप्पल उद्योग सक्षम रहेको बताउनुभएको हो । उपाध्यक्ष न्यौपानेले पछिल्लो समय नेपालमा उत्पादन भएका १ करोड […]

जुत्ताचप्पल उद्योग क्षेत्रमा सम्भावनाभन्दा चुनौती बढी

काठमाडौं, पुस २९ । आत्मनिर्भरतातर्फ उन्मुख भनिएको जुत्ताचप्पल उद्योग क्षेत्रमा सम्भावनाभन्दा चुनौती बढी देखिएको छ । सरकारले जुत्ताचप्पल उद्योगलाई आत्मनिर्भर उन्मुख उद्योगका रूपमा लिएको छ । त्यसको सम्भावना देखिए पनि चुनौती पनि उस्तै देखिएको हो । नेपाल राष्ट्र बैंक हालै सार्वजनिक गरेको गत आवको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययनले स्वदेशी जुत्ताचप्पलको […]

जुत्ताचप्पल उद्योग क्षेत्रमा सम्भावनाभन्दा चुनौती बढी

आत्मनिर्भरतातर्फ उन्मुख भनिएको जुत्ताचप्पल उद्योग क्षेत्रमा सम्भावनाभन्दा चुनौती बढी देखिएको छ । सरकारले जुत्ताचप्पल उद्योगलाई आत्मनिर्भर उन्मुख उद्योगका रूपमा लिएको छ । त्यसको सम्भावना देखिए पनि चुनौती पनि उस्तै देखिएको हो ।नेपाल राष्ट्र बैंक हालै सार्वजनिक गरेको गत आवको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययनले स्वदेशी जुत्ताचप्पलको बजार विस्तार हुने सम्भावना देखाएको छ । तर, त्यसका लागि चुनौती पनि उत्तिकै मात्रामा रहेको प्रतिवेदनमा उल्लेख छ ।नेपालमा जुत्ताचप्पलका लागि आवश्य

जुत्ताचप्पल उद्योगको ५० अर्ब जोखिममा, पुरानै लयमा आउन ६ महिना लाग्‍ने

काठमाडौं । स्वदेशी बजारको माग ६० प्रतिशतसम्म धानेको जुत्ताचप्पल उद्योग कोरोना भाइरस संक्रमणको असरले धरासायी