हिउँले छोप्यो घाँस

नाम्खा गाउँपालिका–६ लिमीमा पहिले परेको हिउँ नबिलाउँदै भारी हिमपात भएपछि करिब १५ सय चौरीसहित पशुचौपाया जोखिममा परेका छन् । लिमीमा यो वर्ष तेस्रोपल्ट भारी वर्षा भएको हो । स्थानीयले घाँस काट्ने तयारी गर्दै गर्दा कात्तिक अन्तिम साता भारी हिमपात भएको थियो ।

सम्बन्धित सामग्री

ढोरपाटनमा व्यापक हिमपात, जनजीवन कष्टकर

ढोरपाटन (बागलुङ)- बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् । हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्...

ढोरपाटनमा भारी हिमपात, जनजीवन कष्टकर

बागलुङ । बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् । हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिए […]

ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित

ढोरपाटन – बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् । हिमपातका कारण घोडा, खच्चड तथा बस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिए […]

हिमपातले बाटोमै रोकिए ढोरपाटन पुगेका पर्यटक

ढोरपाटन । बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिवार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको स्थानीय होटल व्यवसायी श्यमलाल घिमिरेले बताए । हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको घिमिरेको भनाइ छ । हिउँका कारण शनिवार रातभर मोबाइल नेटवर्कले काम नगरेको र आइतवार बिहान घाम लागेपछि काम गर्न थालेको उनले बताए । हिउँले सडक ठप्प भएपछि ढोरपाटनबाट बुर्तिबाङ झर्ने स्थानीय तथा पर्यटक ढोरपाटनमै रोकिएको घिमिरेको भनाइ छ । ‘हिजो बुटवलदेखि एक बस पर्यटक आएका थिए, हिउँले गर्दा फल्लेघरभन्दा माथि आउन सकेनन्, पछि पिकअपले ल्यायो’, घिमिरेले भने, ‘अहिले घाम लागेको छ, बिस्तारै हिउँ पग्लिन थालेको छ, दिउँसोसम्म सबै सडक खुल्छन् होला ।’ हिमपातले गर्दा घोडा खच्चड तथा बस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए । अघिल्लो वर्ष पुस माघमै चार/पाँच पटक हिमपात हुने गरे पनि यस वर्ष ढोरपाटन उपत्यकामा पहिलो पटक हिउँ परेको हो । रासस

याङमामा याक चौंरी जोगाउनै मुश्किल

ताप्लेजुङ । ताप्लेजुङको याङमावासीलाई जाडोयाममा चौंरी जोगाउनै सकस पर्ने भएको छ । हिमपातका कारण याकहरू चरनमा समस्या हुने गरेको छ । चरनको समस्या र चिसोले चौंरी बचाउनै मुश्किल हुने गरेको याङमावासी बताउँछन् । जिल्लाको फक्ताङलुङ गाउँपालिका–७ याङमागाउँका साङ्बु शेर्पा चर्न गएका चौंरी हिमपातमा फस्ने गरेको र कतिपय मृत भेटिने गरेको सुनाउँछन् । याङमा ताप्लेजुङकै उच्च स्थानको बस्ती हो । समुद्र सतहबाट चार हजार ४०० मिटर उचाइमा अवस्थित सो बस्तीमा प्रायः हिमपात भइरहन्छ । यहाँ ११ घरपरिवार बसोबास गर्दै आएका छन् । यहाँको पुर्ख्यौली पेशा घुम्ती याक गोठ हो । एक चरन क्षेत्रको घाँस सकिएपछि अर्को चरन क्षेत्रमा गोठ सार्ने काम हुन्छ । अहिले हिमपातको समय छ । हिमपातमा याक जोगाउन भदौ र असोजमै घाँस काटेर घाममा सुकाएर जोहो गरी राख्नु पर्दछ । विगत वर्षभन्दा यस वर्ष निरन्तर हिमपात भइरहेको छ । निरन्तर हिमपात हुँदा शेर्पाले जोहो गरेर राखेको घाँस पनि सकिएको छ । चरन क्षेत्रमा हिउँले सबै पुरिएकाले कतै घाँस छैन । याक भोकभोकै हिउँमा फसेका छन् । याकको सा–साना बाछा गोठभित्र राखिएको छ । बाछालाई पनि जाडोबाट जोगाउन समस्या हुने गरेको शेर्पाले बताए ।   साङ्बु शेर्पाको मात्रै होइन, याङमाबासिन्दाकै पीडा उस्तै छ । विगत वर्षभन्दा यस वर्ष धेरै हिमपात भएको छ । हिमपातले हिमाली क्षेत्रको जनजीवनसँगै पशुचौपायालाई समेत निकै असर पारेको छ । चरन क्षेत्रमा हिउँले छोपिएसँगै याक भोकभोकै भएको याकपालक याङ्डे शेर्पाले बताए । उनका अनुसार जोहो गरेको घाँस पनि सकेकाले याकलाई जोगाउन कठिन भएको छ । विगतका वर्षहरूमा हिमपाहिराले र हिउँमा फसेर धेरै याक मरेको गोलाङचुङ गोलाका याक किसान तेन्जिङ शेर्पाले बताए । ठाउँ–ठाउँमा अहिले पनि हिमपहिरोकोे क्रम चलिरहे तापनि क्षति भने नभएको उनको भनाइ थियोे । याकपालक किसानलाई हिमपात हुँदा न्यानो कपडा अभाव हुने गरेको पशुपालक किसानले बताए । आफ्नो गोठमा रहेका फसेका ठाउँमा खोज्न जान आफूसँग आवश्यक न्यानो कपडा, हिउँमा लगाउने जुत्तासमेत नभएको याङमाका फुटी शेर्पाले बताए । हिमपातसँगै पछिल्लो दुई सातायता जिल्लाको उच्च हिमाली क्षेत्रमा दिनहुँजसो हिमपात हुँदै आएको छ । रासस

हिउँले घाँस पुरियो, चौपाया भोकै

‘हिउँले घाँस पुरिएको छ,’ उनले भने, ‘गोठमा चौरी र अन्य चौपाया भोकभोकै छन्।’ तामाङले आफूले पालेका आठ चौरीसहित ३५ चौपाया तीन दिनदेखि भोकै रहेको बताए। ‘गाउँमा सबैभन्दा कम चौपाया मेरै छन्,’ उनले भने, ‘धेरै चौपाया हुनेहरुलाई झन कस्तो समस्या परेको होला।’...

हिमालको काखैमा पुगेका लमजुङका घुम्ती गोठ बेसी झरे

लमजुङ – चिसो बढेसँगै हिमालको काखैमा पुगेका लमजुङका भेडीगोठ बेसी झरेका छन् । माथिल्लो क्षेत्रमा चिसो बढेकाले सबै भेडीगोठ अहिले बेसी झरिसकेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रूपेश श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार भदौदेखि कात्तिक मसान्तसम्ममा सबै भेडीगोठ बेसी झरिसक्छन् । चिसो मौसम सुरु भएसँगै माथि लेकमा चरनको अभाव हुने भएकाले यो समयमा भेडीगोठ बेसी सारिन्छन् । उहाँका अनुसार चिसो मौसममा लेकमा हिउँ पर्छ । हिउँले घाँस पुर्छ । चिसोमा चरनको अभाव हुनुका साथै भ...