हिमपातले बाटोमै रोकिए ढोरपाटन पुगेका पर्यटक

ढोरपाटन । बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिवार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको स्थानीय होटल व्यवसायी श्यमलाल घिमिरेले बताए । हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको घिमिरेको भनाइ छ । हिउँका कारण शनिवार रातभर मोबाइल नेटवर्कले काम नगरेको र आइतवार बिहान घाम लागेपछि काम गर्न थालेको उनले बताए । हिउँले सडक ठप्प भएपछि ढोरपाटनबाट बुर्तिबाङ झर्ने स्थानीय तथा पर्यटक ढोरपाटनमै रोकिएको घिमिरेको भनाइ छ । ‘हिजो बुटवलदेखि एक बस पर्यटक आएका थिए, हिउँले गर्दा फल्लेघरभन्दा माथि आउन सकेनन्, पछि पिकअपले ल्यायो’, घिमिरेले भने, ‘अहिले घाम लागेको छ, बिस्तारै हिउँ पग्लिन थालेको छ, दिउँसोसम्म सबै सडक खुल्छन् होला ।’ हिमपातले गर्दा घोडा खच्चड तथा बस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए । अघिल्लो वर्ष पुस माघमै चार/पाँच पटक हिमपात हुने गरे पनि यस वर्ष ढोरपाटन उपत्यकामा पहिलो पटक हिउँ परेको हो । रासस 

सम्बन्धित सामग्री

अब गोठमा बस्नु पर्दैन ढोरपाटन पुग्ने पर्यटक

एक दशक अगाडिसम्म नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने पशुचौपायाको हुल । जसोतासो ढोरपाटन उपत्यकामा पुगे पनि कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्यो । जनैपूर्णिमाका अवसरमा मात्रै तीर्थयात्रु ढोरबराह मन्दिरमा पूजाअर्चना जाने गर्थे भने अन्य सिजनमा फाट्टफुट्टमात्रै […]

ओझेलमा ढोरपाटन

२ चैत, ढोरपाटन । कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्नुपर्ने गन्तव्य । जहाँ नपुग्दासम्म मन आत्तिने तर पुगिसकेपछि सोही स्थानमा रमाइरहन मन लाग्छ । ढोरपाटन त्यही आकर्षक गन्तव्य हो । यहाँ आन्तरिक र बाह्य पर्यटक मात्र होइन, विश्वका सौखिन सिकारी पनि नाउर र झारलको सिकार खेल्न आइपुग्छन् । […]

ढोरपाटन पुगे ९ हजार पर्यटक

बागलुङ । यस वर्ष ९ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् । ढोरपाटन घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७९/८० को फागुन तेस्रो सातासम्ममा ९ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पंगेनीले जानकारी दिए । नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र अवलोकनका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकको संख्या वर्षेनि बढ्दै गएको छ । ढोरपाटन क्षेत्रमा पर्यटकको संख्या बढ्दा शिकार आरक्ष कार्यालयको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ । ढोरपाटन शिकार आरक्षले विदेशी तथा नेपाली पर्यटकको आगमनको तथ्यांक व्यवस्थित गर्दै गएको छ । गत आर्थिक वर्षमा ६ हजारभन्दा बढीले ढोरपाटनको अवलोकन गरेकोमा चालू आर्थिक वर्षको अन्त्यसम्म त्यो संख्या बढेर दोब्बर पुग्ने देखिएको छ । कुनै दिन ढोरपाटनमा शिकार खेल्न मात्रै पर्यटक आउने गरेकोमा पछिल्लो समय शिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोर वराम मन्दिर अवलोकनका लागि समेत पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक शिकार खेल्न हेलिकोप्टरमार्फत सोझै आरक्ष क्षेत्रमा पुग्ने गरे पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक घुम्न समेत त्यहाँ पुग्न थालेका छन् । वैधानिक रूपमा नाउर र झारलको शिकार खेल्न पाइने आरक्ष क्षेत्र प्रवेशमा नेपाली र बाह््य पर्यटकले प्रवेश शुल्क तिर्नुपर्छ । सूचना अधिकारी पंगेनीका अनुसार आरक्षमा पुग्ने विदेशी पर्यटकको मात्रै तथ्यांक राख्दै आएकोमा दुई वर्षदेखि आन्तरिक पर्यटकको पनि तथ्यांक राख्न थालिएको छ । रासस

आठ महिनामै नौ हजार बढी पर्यटक ढोरपाटन पुगे

गलकोट, फागुन २५ । यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् । पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन तेस्रो सातासम्म नौ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी दिए । नेपालको एकमात्र […]

बँदेल सिकार गर्न ढोरपाटन गएनन् आन्तरिक पर्यटक

बाग्लुङ - ढोरपाटन सिकार आरक्षमा पहिलोपटक नेपाली सिकारीलाई लक्षित गरी बँदेलको वैधानिक सिकार खुला गरिएकामा एउटा पनि बँदेलको सिकार हुन सकेन ।  यो वर्षको पहिलो सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ११ बँदेलको सिकार कोटा तोकेको थियो । तीन नेपाली सिकारीले बोलपत्रको प्रक्रियामा भाग लिए पनि सिकार खेल्न नआएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो । 'पहिलोपटक भएकाले प्रक्रियागत हिसाबले पनि समय लागेको हुनसक्छ, बँदेल सिकारको सूचना र प्रचारप्रसार पनि ढिलो हु...

ढोरपाटन पुग्न थाले सिकार पर्यटक

बागलुङ । ढोरपाटन सिकार आरक्ष बागलुङमा यस बर्षको पहिलो सिकार पर्यटन सुरु भएको छ । सिकारको लागी नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारीहरु ढोरपाटन सिकार आरक्षको सिकार ब्लकमा पुग्न थालेका हुन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकार असोज–कात्र्तिकको लागि आठ नाउर र पाँच झारलको सिकास अनुमति दिएको ढोरपाटन सिकार आरक्ष केन्द्रका प्रमुख […] The post ढोरपाटन पुग्न थाले सिकार पर्यटक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सडक कालोपत्र नहुँदा ढोरपाटन पुग्न पर्यटकलाई सास्ती

बागलुङ : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो। यहाँ आन्तरिकसँगै वाह्य पर्यटकसमेत आउने गर्छन्।विदेशी पर्यटक वर्षको दुई पटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन्। विदेशी पर्यटक असोजदेखि मंसिर र फागुनदेखि बैसाखको बीचमा सिकार खेल्नका लागि मात्र आउने गर्छन् भने आन्तरिक पर्यटक हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्न ढोरपाटन पुग्छन्।तर ढोरपाटन जति चर्चित छ, त्यति पर्यटक भने पुग्न सकेका छैनन्। त्यसको मुख्य कारण हो- सडक। राष

पुग्नै मुश्किल छ ढोरपाटन

२६ भदौ, बागलुङ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो । यहाँ आन्तरिकसँगै बाह्य पर्यटकको समेत आगमन हुने गर्छ । विदेशी पर्यटक वर्षको दुई पटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन् । विदेशी पर्यटक असोजदेखि मङ्सिर र फगुनदेखि वैशाखका बीचमा सिकार खेल्नका लागि मात्रै आउने […]

पुग्नै मुस्किल छ ढोरपाटन

-डम्मर बुढा मगर/ नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो । यहाँ आन्तरिकसँगै बाह्य पर्यटकको समेत आगमन हुने गर्छ । विदेशी पर्यटक वर्षको दुई पटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन् । विदेशी पर्यटक असोजदेखि मङ्सिर र फगुनदेखि वैशाखका बीचमा सिकार खेल्नका लागि मात्रै आउने गर्छन् […]

ढोरपाटन आउनेको संख्या बढ्यो, राजस्व पनि वृद्धि

बागलुङ : शान्त र मनोरम वातावरण रहेको नेपालकै एक मात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटकको आमगनमा वृद्धि भएको छ। पर्यटकसँगै चालु आर्थिक वर्षमा राजश्व समेत वृद्धि भएको छ। ढोरपाटन सडक सञ्जालले जोडिनु पूर्व आन्तरिक पर्यटक समेत निकै कम पुग्ने गर्थे। विदेशी मात्रै शिकार खेल्न आउने गर्थे।उनीहरु पैदल यात्रा नभई सोझै हेलिकप्टर मार्फत ढोरपाटन पुग्ने गर्थे। सडकको पहुँच, होटल सुविधा र तीव्र प्रचारप्रसारले गर्दा अहिले बाह्य मात्रै नभएर आन्तरिक पर्यटकहरु समेत त्यहाँ पुग्न थालेका छन्। ढोरपाटनमा