लमजुङ – चिसो बढेसँगै हिमालको काखैमा पुगेका लमजुङका भेडीगोठ बेसी झरेका छन् । माथिल्लो क्षेत्रमा चिसो बढेकाले सबै भेडीगोठ अहिले बेसी झरिसकेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रूपेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार भदौदेखि कात्तिक मसान्तसम्ममा सबै भेडीगोठ बेसी झरिसक्छन् । चिसो मौसम सुरु भएसँगै माथि लेकमा चरनको अभाव हुने भएकाले यो समयमा भेडीगोठ बेसी सारिन्छन् ।
उहाँका अनुसार चिसो मौसममा लेकमा हिउँ पर्छ । हिउँले घाँस पुर्छ । चिसोमा चरनको अभाव हुनुका साथै भ...