प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण पूरा नभई धरहरा उद्घाटन गरेको भन्ने विपक्षी सांसदको आरोपको खण्डन गरेका छन् ।
निर्माण सम्पन्न भएरै आफू धरहराको टुम्पोमा गएर उद्घाटन गरेको उनले बताए ।
प्रतिनिधि सभामा विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले एकपटक धरहरामा गएर हेर्न सांसदलाई सुझाव दिए ।
‘पूरा नभएको धरहरा उद्घाटन भयो भन्नुभयो, नबनेको भए म कसरी टुप्पोमा पुगे हुला ? कार पार्किङ र गार्डेन बन्ने काम सम्पन्न हुँदैछ,’ ओलीले भने, ‘मैले एकजना नेतालाई सबैतिरबाट देखिने, यहाँब...