पोखरामा सुनका गहना चोरी गरेको आरोपमा एक युवक पक्राउ

पोखरा । पोखराबाट चोरी गरेका सुनका गहनासहित एक युवक पक्राउ परेका छन् । घरको ढोका फोडेर गरगहना चोरी गरेको आरोपमा पर्वत कुश्मा नगरपालिका ११ घरभई पोखरा २६ बिजयपुर बस्दै आएका २६ वर्षीय किशोर शर्मालाई चोरीका गहनासहित प्रहरीले पक्राउ गरेको हो । पोखरा ५ धारापानीकी गीता भुजेलको कोठाबाट दराजको चाँवी फोडेर औंठी, सिक्री र मंगलसुत्र लगायतका सुनका गहना चोरी भएको सूचनाका आधारमा खोजी गर्दा शर्मालाई चोरीका गहनासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।  सुनका गहना चोरी गरेको आरोपमा