गहना चोरीको घटनामा दुई जना पक्राउ

१९ भदौ, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाको ढल्केबर बजारस्थित एक ज्वेलर्सबाट गहना चोरी गर्ने व्यक्ति र चोरिएको गहना खरीद गर्ने महिला पक्राउ परेका छन् । शुक्रबार मिथिला नगरपालिका ६ ढल्केबरस्थित गणेशलक्ष्मी ज्वेलर्सबाट चाँदीका गरगहना चोरी भएको थियो । उक्त गहना चोरी गरेको आरोपमा धनुषाको धनुषाधाम नगरपालिका–८ निवासी टक्करबहादुर मगरातीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरले […]