काठमाडौं– सर्वोच्च अदातले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत नेपालको संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकता र अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल रहेको जनाएको छ । मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधानसम्मत् नदेखिएको भन्दै सर्वोच्चले दीर्घकालीन महत्वका निर्णय नगर्न विपक्षीका नाममा आदेश दिएको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार एमाले संसदीय दलका […]