काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने १ लाख १० हजार ७१३ जना कर्मचारीको सामूहिक दुर्घटना बिमाका लागि बिमा प्रदायक सङ्घसंस्थाबाट प्रस्ताव माग गरिएको छ । कर्मचारीको २० लाख रुपैयाँको सामूहिक दुर्घटना बिमाका लागि निर्वाचन आयोगले बिमा प्रदायक संस्थाहरूबाट प्रस्ताव माग गरेको हो । आयोगका पदाधिकारी, आयोगको सचिवालयमा कार्यरत कर्मचारीहरू, प्रदेश […]