कोरोना सङ्क्रमित कर्मचारीको सम्पूर्ण उपचार खर्च सम्बद्ध बिमा कम्पनीले बेहोर्नुपर्ने

काठमाडौँ । कोभिड–१९ बाट सङ्क्रमित कर्मचारीको सम्पूर्ण उपचार खर्च सम्बद्ध बिमा कम्पनीले व्यहोर्न नियामक निकाय बिमा समितिले निर्देशन दिएको छ । बिमा कम्पनीहरूलाई शुक्रवार परिपत्र गरेर सङ्क्रमित कर्मचारी तथा उनीहरूको सम्पर्कमा रहेका कर्मचारीलाई समेत पीसीआर परीक्षण शुल्कलगायत सबै खर्च बेहोर्न समितिले भनेको हो । ‘सङ्क्रमित कर्मचारीलाई घर, अस्पताल वा होटेलमा आइसोलेसन वा क्वारेनटाइनमा सुरक्षित रूपमा राख्ने […]

सम्बन्धित सामग्री

सङ्क्रमितको उपचार निःशुल्क

सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिकको स्वास्थ्य उपचारलाई सरकारले पहिलो प्राथमिकतामा राखेको चर्चा गर्नुहुँदै कोभिड–१९ सङ्क्रमितको परीक्षण र उपचार सरकार मातहतका अस्पताल एवं प्रतिष्ठानमार्फत गरिने जानकारी दिनुभयो । त्यसका लागि सरकारले प्रदेशगत रूपमा आवश्यकताअनुसार विभिन्न अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रक्रिया शीघ्र सम्पादन गर्ने निर्णयसमेत गरेको छ । प्रवक्ता गुरुङका अनुसार सरकारले पूर्वउपप्रधानमन्त्री एवं वामपन्थी नेता चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको छ । उहाँ कोरोना सङ्क्रमित भई उपचाररत हुनुहुन्छ । यस्तै सरकारले नेवार समुदायको किजा पूजाका दिन मङ्सिर २ गते मङ्लबार नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ, संस्था, शिक्षण संस्था समेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसैगरी सरकारले मन्त्रिपरिषद्का सदस्यहरू र राज्यमन्त्रीको २