नेपाली राजदूतावास कतारबाट ई-पासपोर्ट जारी गर्न शुरू

आज परीक्षणको रुपमा नेपाली राजदूतावास, दोहा कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी जारी गर्न थालिएको छ । विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी हो । आईतबारबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङ्ग खुला गरेको छ । शुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ्ग खोलिएको छ । अन्य खाडी मुलुकहरु र मलेशियामा...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यका लागि मतदान शुरू, ६ जना चुनावी मैदानमा

राष्ट्रिय सभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा मतदान शुरू भएको छ । रिक्त रहेको ३ जना राष्ट्रिय सभा सदस्यका लागि धनगढीमा मतदान शुरू भएको हो । राष्ट्रिय सभा निर्वाचन २०७८ को निवाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत  प्रेमराज भट्टका अनुसार बिहान ९ बजेदेखि शुरू भएको मतदान साँझ ३ बजेसम्म जारी रहने भएको छ । मतदानका लागि मतदान केन्द्र स्थल सुदुरपश्चिम प्रदेश सभा स्थलमा २ वटा मतदान केन्द्र तोकिएको छ । मतदान केन्द्र (क) मा (५२) जना प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन् । भने मतदान केन्द्र (ख) मा १७५ जना स्थानीय ...

राप्रपाको नेतृत्व छान्न मतदान शुरू

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकता महाधिवेशनअन्तर्गत नेतृत्व छान्न मतदान शुरू भएको छ । काठमाडौंमा जारी महाधिवेशनमा शनिवार बिहान ८ बजेका लागि तय भएको मतदान ढिला गरी शुरू भएको छ । निर्वाचनबाट अध्यक्षसहित १९९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न २६६ जनाले उम्मेदवारी दिएका छन् । राप्रपा अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा भइरहेको छ । राप्रपाले अध्यक्षमा कागजी मतपत्र र अन्य पदमा विद्युतीय मशिनबाट मतदान गर्ने व्यवस्था मिलाएको छ ।

एमाले महाधिवेशन : बिहान ४ बजेपछि यी पदहरूमा मतदान शुरू

चितवनको सौराहमा जारी नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा मंगलवार बिहान ४ बजेपछि मतदान शुरू भएको छ । केन्द्रीय निर्वाचन आयोगले सोमवार मध्यराति उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेकोमा मंगलवार बिहानदेखि मतदान शुरू भएको हो । मतदान शुरू भएसँगै एमाले पदाधिकारीका उम्मेदवारहरूले शुरूमा मतदान गरेका छन् । अध्यक्ष केपी शर्मा ओली, भीम रावल, विष्णु पौडेल लगायतले मतदान गरेका छन् । केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गराउन उम्मेदवारी फिर्ता गराउने प्रयास गर्दा अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको थियो । निर्विरोध नभए...

मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रदेशसभा बैठक शुरू

१ नम्बर प्रदेशको प्रदेशसभा बैठक शुरू भएको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यसूची छ । बैठक शुरू हुनुअघि बसेको प्रमुख प्रतिपक्षी दल एमालेको बैठकले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।  संसदीय दलको बैठक बसेर एमालेले राईले राख्ने विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । सत्तारुढ गठबन्धनमा आवद्ध दलले भने विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।

एमाले विधान महाधिवेशनको दोस्रो दिन समूहगत छलफल शुरू

नेकपा एमालेको गोदावरीमा जारी विधान महाधिवेशनमा समूहगत छलफल शुरू गरिएको छ । महाधिवेशनमा पेश गरिएका राजनीतिक, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न समूह क–ञसम्म बनाइएका छन् । शनिवार बिहान साढे ८ बजेदेखि समूहगत छलफल शुरू भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सातै प्रदेश, जनसंगठन विशेष कमिटीहरू, केन्द्रीय निकायका छुट्टाछुट्टै समूह बनाइएका छन् । शुक्रवारदेखि शुरू भएको विधान महाधिवेशन आइतवारसम्म सञ्चालन हुनेछ । शुक्रवारको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले प्रति...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू

विभिन्न मन्त्रालयका नियमित एजेण्डामा निर्णय लिन मन्त्रिपरिषद्को नियमित बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार दिउँसो साढे ३ बजेदेखि बैठक जारी छ । बैठकले केही नियुक्ति गर्ने सम्भावना छ । प्रदेश प्रमुखलाई बिदाइ र नियुक्तिको सम्भावना रहेको स्रोतले बतायो । मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेका कारण विभिन्न मन्त्रालयका नियमित काम समेत प्रभावित भएका छन् । असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएर ४ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । झण्डै डेढ महिनासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।  ...

जसपाको केन्द्रीय समिति बैठक शुरू

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक शुरू भएको छ ।  पार्टी आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि जसपाको पहिलो केन्द्रीय समितिको बैठक बसेको हो ।  बैठकमा अहिले छलफल जारी छ ।

एपीएफ एसपी बढुवाको प्रकृया शुरू

रिक्त रहेको पदमा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षकहरूको बढुवा प्रक्रिया शुरू भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एक सूचना जारी गर्दै सशस्त्र प्रहरी बलमा साधारण उपसमूह र लेखा उपसमूहको रिक्त एसपी पदमा बढुवाका लागि बुधबार सूचना प्रकाशित गरेको हो। डीआईजी राजु अर्यालले जारी गरेको सूचनामा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि पाँच दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ ।

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा तेस्रो दिनको बहस शुरू

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा दायर रिटमाथि संवैधानिक इजलासमा जारी सुनुवाइमा तेस्रो दिन शुक्रवार बहस शुरू भएको छ । शुक्रवार वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षबाट बहस शुरू गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन बदर गर्नुपर्ने र नेपालको संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागदाबी रहेको रिटमाथि निरन्तर सुनुवाइ भइरहेको छ ।

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरू

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १ दर्जन रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा तेस्रो दिनको सुनुवाइ शुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासमा बुधवार तेस्रो दिनको सुनुवाइ शुरू भएको हो ।  पुस १० गते शुक्रवार पहिलो दिनको सुनुवाइपछि प्रतिनिधिसभा विघटनविरुद्ध कारण देखाउ आदेश जारी भएको थियो । पुस २२ गतेको सुनुवाइमा अधिवक्ताहरूले बृहत् पूर्ण इजलास माग गरेका थिए । सोही दिन संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधिसभा विघटन विरुद्धको रिट नहेर्ने घोषणा...