१ नम्बर प्रदेशको प्रदेशसभा बैठक शुरू भएको छ ।
बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यसूची छ ।
बैठक शुरू हुनुअघि बसेको प्रमुख प्रतिपक्षी दल एमालेको बैठकले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
संसदीय दलको बैठक बसेर एमालेले राईले राख्ने विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
सत्तारुढ गठबन्धनमा आवद्ध दलले भने विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।