नेकपा एमालेका युवा नेता महेश बस्नेतले सभामुख अग्नि सापकोटा पदीय मर्यादा भुलेर प्रचण्ड र माधव नेपालको मुख बनेको आरोप लगाएका छन् । सभामुख सापकोटाले संसदलाई कुनै काम नलाग्ने अवस्थामा पुर्याएको आरोप लगाउँदै उनले प्रतिनिधिसभाको मुख बन्नुपर्नेमा प्रचण्ड र नेपालको मुख बनेको बताए ।सोमबार साँझ बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युवा संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले यही अवस्था कायम रहे प्रतिनिधिसभा चल्न नसक्ने अवस्थामा पुग्ने बताए । उनले पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्ड एक्लिँदै गएको