नौबुँदे घोषणा जारी गर्दै स्पोर्ट लिडर्स समिट धुलिखेल २०२३ सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटीको आयोजनामा दुई दिन चलेको कार्यक्रमले खेलकुद विकास ऐनको व्यवस्थाअनुसार खेलकुद संस्थाको स्वायत्तताको भावनाअनुसार तीनै तहका सरकारको खेलकुदसम्बन्धी कानुन तथा नियमहरूलाई एकरूपता ल्याउन पहल गर्ने, ओलम्पिक अभियानलाई खेलकुदसँग सम्बन्धित सबै पक्षसँग समन्वय गरेर व्यापक बनाउने र खेलकुदको वर्गीकरण गरेर राष्ट्रिय प्राथमिकता निर्धारण गर्ने प्रतिबद्धता जनाएको छ ।