महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महालक्ष्मी लिडर्स समिट–२०७८’ सम्पन्न गरेको छ । पोखरामा कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरबाट व्यवसायिक लक्ष्य पूरा गरेका बीमा अभिकर्ताहरू सहभागी थिए । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा समिट सम्पन्न भएको हो ।समिटमा परम्परागत बीमा व्यवसायभन्दा फरक ढंगले आम जनतासम्म बीमा पहुँच कसरी पुच्याउन सकिन्छ भन्नेबारे छलफल भएको इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जानकारी दिए । बीमास