महालक्ष्मीको लिडर्स समिट सम्पन्न

काठमाडौं (अस) । महालक्ष्मी लाइफ इन्स्योरेन्सले पोखराको ल्यान्डमार्क होटलमा महालक्ष्मी लिडर्स समिट २०७८ सम्पन्न गरेको छ । कात्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरबाट व्यावसायिक लक्ष्य पूरा गरेका बीमा अभिकर्ताको सहभागिता रहेको थियो । सम्मेलनमा जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसायभन्दा फरक ढंगले नागरिकमा बीमाको पहुँच बढाउने विषयमा छलफल भएको थियो । नेपालजस्तो स्रोत–साधन कम भएको देशमा बीमा क्षेत्रले  दायित्व निर्वाह गरिरहेकाले अभिकर्ता पेसामा नेतृत्व कसरी विकास गर्ने, बीमालाई व्यावसायिक रूपमा सञ्चालन गर्न कम्पनी र अभिकर्ताले गर्नुपर्ने कामका विषयमा सहभागीलाई तालिम दिइएको थियो । निम्नवर्गमा बीमाको पहुँच वृद्धि गर्न तथा युवामा बीमासम्बन्धी जनचेतना वृद्धिका लागि युवासँग–महालक्ष्मी लाइफ कार्यक्रमलाई प्रभावकारी रूपमा गाउँ–गाउँसम्म पु¥याउने निर्णय गरेको छ ।