कथा धेरै पुरानो हो । कुनैबेला चन्द्रमालाई रूपको घमण्ड निकै थियो । यसो त आफैँमा उनी थिए सुन्दर नै । गोरो वर्ण, बाटुलो अनुहार, मिलेको शरीर यस्तैयस्तै । त्यसैले त कुनै सुन्दर व्यक्तिको उदाहरण दिनुप¥यो भने उनकै नाम लिने गरिन्थ्यो तर जति सुन्दर थिए त्यति नै थिए घमण्डी र अहङ्कारी पनि । आफूबाहेक सबै नराम्रो ठान्ने उनको बानी थियो । झन् कुनै नराम्रो मानिस देख्यो भने यति बढी उत्ताउलो बन्थे कि, कि गिज्याएर बसिनसक्नु बनाउँथे कि हाँसेर उडाउँथे । सुन्दरता अनुहारमा होइन स्वभावमा हुन्छ भन्ने उनलाई थाहा नभएक