मकवानपुर । सरकारले आगामी मङ्सिर ४ गते मतदान हुने गरी प्रतिनिधि र प्रदेशसभाको चुनावको मिति घोषणा गरिसकेको छ । चुनावको मिति घोषणा भएसँगै दलहरू आन्तरिक तयारीमा जुटिसकेका छन् । दलहरू आ–आफ्ना संगठन र चुनावी गतिविधिहरूलाई तीव्रता दिँदै आन्तरिक मत लेखाजोखामा व्यस्त देखिन्छन् । चुनावको मिति नजिकिएसँगै मकवानपुरमा पनि राजनीतिक चहलपहल सुरु भएको छ ।दल र दलमा आबद्ध नेताहरूले आ–आफ्नो तयारी अनुसार चुनावी क्षेत्रमा माग दाबी तथा उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । यसैबीच मकवानपुरको निर्वाचन क्