रितले न्युजिल्यान्डको घरेलु क्रिकेट खेल्ने

नेपाली क्रिकेट खेलाडी रित गौतमले  न्युजिल्याण्डको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । यू–१९ राष्ट्रिय टोलीका पूर्व कप्तान रितलाई अकल्यान्डको गिजर सिटी क्रिकेट क्लबले घरेलु प्रतियोगिताका लागि अनुबन्ध गरेको हो ।क्लबले आइतबार रितलाई ६ महिनाको लागि अनुबन्ध गरिएको जनाएको छ । रित नेपालीका लागि उमेर समूहको क्रिकेटमा दुई अन्तर्राष्ट्रिय शतक बनाउने खेलाडी हुन् । सन् २०१९ मा रितले नेपालको यू–१९ टिमको कप्तानी गरेका थिए । सोही प्रतियोगितामा सिंगापुरविरुद्ध उनले शतक प्रहार गरेका थिए

सम्बन्धित सामग्री

भारतले श्रेयस र ईशानलाई खेलाडी वर्गीकरणमा राखेन

१६ फागुन, काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आफ्नो वार्षिक केन्द्रीय खेलाडी वर्गीकरण (सेन्टल कन्ट्राक्ट)बाट दुई प्रमुख ब्याटर श्रेयस ऐर र ईशान किशनलाई बाहिर राखेको छ । भारतीय टोलीबाट राम्रो प्रदर्शन गरे पनि खाली समयमा घरेलु क्रिकेट खेल्न अस्वीकार गर्दा उनीहरु बाहिर हुनु परेको हो । ऐरले मुम्बई र किशनले झारखण्डबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् […]

विपिनलाई सेन्ट मेरिज स्कुलले गर्यो ब्याट प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर विपिन रावललाई सेन्ट मेरिज को एन्ड स्कुल सुर्खेतले ब्याट प्रायोजन गरेको छ । कर्णाली प्रदेशबाट घरेलु क्रिकेट खेल्ने उनी नेपालको यू१९ विश्वकप टोलीमा परेपछि ब्याट प्रायोजन गरेको हो । ‘हाम्रो प्रदेशको हुँदा २० हजार रुपैयाँको ब्याट प्रायोजन गरेका थियौं’, स्कुलका को फान्डर नेल्सन गुरुङले […] The post विपिनलाई सेन्ट मेरिज स्कुलले गर्यो ब्याट प्रायोजन first appeared on हाम्रो खेलकुद.

विवेकले अब आर्मीबाट खेल्ने

काठमाडौँ( हाम्रो खेलकुद ) – नेपाली क्रिकेट टोलीका युवा अलराउन्डर विवेक यादवले अब घरेलु क्रिकेट त्रिभुवन आर्मी क्लबबाट खेल्ने भएका छन् । मधेश प्रदेशले केपि ओली कप टि२० प्रतियोगिता खेल्ने टोली घोषणा गर्दा विवेक टोलीमा छैनन् । मधेश प्रदेशका सचिव आयुश श्रेष्ठले विवेक आर्मीमा गएको हुँदा टोलीमा नभएको जानकारी हाम्रो खेलकुदलाई दिएकाछ्न् । आर्मीका कप्तान […] The post विवेकले अब आर्मीबाट खेल्ने first appeared on हाम्रो खेलकुद.

क्रिकेटमा छिमेकी भारतबाट फाइदा लिन नसकेको नेपाल

भुपेन्द्र जि.सी.काठमाडौं नेदरल्यान्ड्सले गत जुलाईमा आइसिसी एकदिवसीय विश्वकप छनोटमा सानदार प्रदर्शनका साथ भारतमा अर्को महिना हुने विश्वकपमा स्थान बनायो । छनोट अघि नेदरल्यान्ड्सले विश्वकप खेल्छ भनेर कल्पना गर्ने विरलै थिए । किनभने टेस्ट टोली वेस्टइन्डिज, जिम्बावे, आयरल्यान्ड र श्रीलंका मध्य दुई टोलीले खेल्ने धेरैको अनुमान थियो । अर्कोतर्फ काउन्टी अर्थात इंग्ल्यान्डको शीर्ष घरेलु क्रिकेट प्रतियोगिता […] The post क्रिकेटमा छिमेकी भारतबाट फाइदा लिन नसकेको नेपाल first appeared on हाम्रो खेलकुद.

अर्जुन र सोनुले आर्मीबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – युवा विकेटकिपर अर्जुन साउदले बिहीबारदेखि काठमाडौंमा सुरुहुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष प्रतियोगिता त्रिभुवन आर्मी क्लबबाट खेल्ने भएका छन् । आर्मीले विनोद भण्डारीको कप्तानीमा टोली घोषणा गर्दा सुदूरपश्चिमका अर्जुन साउदलाई टोलीमा राखेको छ । अर्जुनले दुई साता अघि मात्र नेपाली क्रिकेट टोलीमा डेब्यू गरेका थिए । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्दै यू१९ […]

‘टिम डेविडले अष्ट्रेलियाबाट खेल्नेमा कुनै शंका छैन’

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सानदार प्रदर्शन गरेपछि सिंगापुरका विष्फोटक ब्याटर टिम डेविडले अष्ट्रेलियाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने उच्च सम्भावना रहेको छ । सिंगापुरमा जन्मिएका डेविडले अष्ट्रेलियाबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । सिंगापुरबाट अन्तर्राष्ट्रिय क्रिकेट खेली सकेका टिम डेविड आगमी अक्टोबर नोभेम्बरमा टि२० विश्वकपमा घरेलु टोली अष्ट्रेलिया टोलीमा हुने सम्भावना बढी छ । […]

कृतिका नेपाली महिला यू–१९ टोलीको कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले युवा स्पिनर कृतिका मरासिनीलाई यू-१९ टोलीको कप्तानमा नियुक्त गरेको छ । १७ वर्षीय कृतिकाले लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्दछिन् । २०१९ मा चीनमा भएको बि एण्ड आर कप प्रतियोगितामा कृतिका सर्वोत्कृष्ट बलर चुनिएकी थिइन् । घरेलु क्रिकेटमा उनले लगातार राम्रो सम्भावना देखाउँदै आएकी छिन् । […]

बाबर इपीएल खेल्न नेपाल आउन इच्छुक

पाकिस्तानी स्टार क्रिकेटर बाबर आजम नेपाल आउने चाहना देखाएका छन् । उनले नेपालका चर्चित घरेलु क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने चाहना देखाएको इपीएलले जनाएको छ ।इपीएलका सीईओ आमिर अत्तरले बाबर इपीएल खेल्न आउन इच्छुक भएको बताएका छन् । ‘बाबरसँग इपीएल खेल्न आउने विषयमा कुरा भएको थियो । उनी नेपाल आउन इच्छुक छन् । छिमेकी देशमा क्रिकेट खेल्न आउने कुरा गरेका छन् । आउने कुरामा उनी पोजेटिभ छन् । फाइनल कुरा हुन बाँकी छ,’ अत्तरले रातोपाटीसँगको कुराकानीमा भने । यसअघि पाकिस्तानका श

परेराले गरे अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

श्रीलंकाका अलराउण्डर दिलरुवान परेराले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । परेराले बुधबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ३९ वर्षीय परेराले घरेलु क्रिकेट भने खेल्ने छन् । श्रीलंकाका लागि परेराले ४३ टेस्ट, १३ एकदिवसीय र ५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।

सन्दीप लामिछाने टी- २० ब्लास्टका लागि इंग्लिश काउन्टी क्लबमा अनुबन्धित

नेपाली क्रिकेट टीमका स्टार लेग स्पिनर सन्दीप लामिछानेले इंग्लिश काउन्टी क्लबका लागि क्रिकेट खेल्ने भएका छन् ।  इंग्ल्याण्डको घरेलु क्रिकेट प्रतियोगिता भाइटलिटी टी-२० ब्लास्टका लागि सन्दीप काउन्टी क्लब वर्सेस्टरसायरमा अनुबन्धित भएका हुन् । २०२१ सिजनका लागि सन्दीपले टी- २० ब्लास्टमा उक्त टीमबाट प्रतिनिधित्व गर्नेछन् । इन्डियन प्रिमियर लिग (आईपीएल)सहित विश्वका प्रतिष्ठित लीगहरू खेलिसकेका सन्दीपले इंग्ल्यान्डको टी-२० ब्लास्ट भने पहिलोपटक खेल्न लागेका हुन् ।