४२ मेगावाट क्षमताको मिरिस्तीखोला जलविद्युत् आयोजनाकाे काम अन्तिम चरणमा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधीन मिरिस्तीखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । ४२ मेगावाट क्षमताको मिरिस्ती खोला जलविद्युत् आयोजना निर्माणसँगै उत्पादन परीक्षणका लागि अन्तिम चरणमा पुगेको हो । माउण्टेन इनर्जी प्रालि नेपालले बनाइरहेको यस आयोजनाको अहिलेसम्म ९९ प्रतिशतभन्दा बढी भौतिक प्रगति सकिएको आयोजनाले जनाएको छ । सुरुङ तथा पाइपमा पानी राखेर परीक्षण गरिसकिएको छ भने अब फेरि पानी राख्ने तयारी गरिएको छ । अहिले पाउवर हाउसभित्र विद्युतीयसम्बन्धी काम भइरहेको आयोजनाका आवासीय ...

सम्बन्धित सामग्री

लिपिङ खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

चौतारा, ९ फागुन । सोह्र दशमलव २६ मेगावाट क्षमताको लिपिङखोला जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । हिम रिभर हाइड्रोपावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको उक्त आयोजनाको सुरुङ बाँध, पाइपलाइन र पावरहाउसको काम ८५ प्रतिशत सकिएको हो । निर्माण सुरु भएको दुई वर्षभित्र नै काम अन्तिम चरणमा पुगेको आयोजनाका कार्यकारी निर्देशक सुदीपकुमार चौधरीले जानकारी दिए […]

१०६३ मेगावाट क्षमताको अपर अरूणको ईआईए अन्तिम चरणमा, कस्तो बन्दैछ आयोजना ?

२५ पुस, काठमाडौं । नेपालका ठूला जलविद्युत् आयोजनामध्ये एक अपर अरूण जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । ईआईए प्रतिवेदन तयार भई स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइएको छ । अपर अरूण नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर अरूण हाइड्रोइलेक्ट्रिक लिमिटेडबाट अगाडि बढाइँदैछ । संखुवासभाको भोटखोला गाउँपालिकामा पर्ने यो आयोजनामा […]

नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा

बेनी : म्याग्दीको नारच्याङमा १६ अर्ब रुपैयाँको लागतमा निर्माणाधीन १०९ मेगावाटका दुई जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नीलगिरि जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको ३८ मेगावाटको नीलगिरि पहिलो र ७१ मेगावाटको नीलगिरि दोस्रो गरी १०९ मेगावाट क्षमताको नीलगिरि जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ।आयोजनाका आवासीय इन्जिनियर रत्न बमजन तामाङले दिएको जानकारीअनुसार असार दोस्रो सातासम्म दुवै जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्मा

म्याग्दीमा विद्युत् आयोजनाले गति लियो, ५४ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा निकट भविष्यमा नै ५४ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण लाइनबाट वितरण गरिने भएको छ।हाइड्रो डिष्ट्रिकको रूपमा चिनिएको म्याग्दीमा सञ्चालित १४० मेगावाट भन्दा बढीका १४ मध्ये  अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। त्यसैगरी रघुगंगामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणले पनि बल्ल गति लिएको छ। आयोजना निर्माणका लागि भारतीय आयात निर्या

निर्माणको अन्तिम चरणमा घारखोला जलविद्युत् आयोजना

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।  विसं २०७४ चैत महिनादेखि सुरु भएको घार खोलाको ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको प्रवर्द्धक कम्पनी म्याग्दी हाइड्रोपावरले जनाएको छ ।कम्पनीका अध्यक्ष भरत नेपालले आयोजनाको बनिसकेका संरचना परीक्षण गर्न थालिएको जानकारी दिए । “बाँध र डिसेन्टर (पानी थिग्राउने पोखरी) मा पानी हालेर परीक्षण सुरु गरिएको छ”, उनले भने, “सुरुङ, विद्युत् गृह, प्रसारण लाइन र सवस्टेसन

म्याग्दीमा निर्माणाधीन ७१ मेगावाट क्षमताको नीलगिरि जलविद्युत् अन्तिम चरणमा

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माणाधीन ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ।नीलगिरि हाइड्रोपावरले तीन वर्षअघि अन्नपूर्ण बेसक्याम्प नजिक ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो आयोजनाको एकसाथ निर्माण थालेको थियो।एउटै खोलाबाट एकैपटक १०९ मेगावाट क्षमताको दुईवटा जलविद्युत आयोजना शुरु गरेको नीलगिरि हाइड्रोपावरले ४.२७५ किलोमिटर लामो सुरुङ खोलेसँगै  आयोजनाको कामले गति लिन थालेको हो।

अपर बलेफी जलविद्युत् आयोजना अन्तिम चरणमा

चौतारा – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ। निजी क्षेत्रबाट निर्माणाधीन सो आयोजनाको निर्माण ९७ प्रतिशत सम्पन्न भएको अपर बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष उमेश कसजुले जानकारी दिए। आयोजनाबाट उत्पादित विद्युत् दशैँअगावै परीक्षण गर्ने तयारीमा रहेको उनको भनाइ छ। सुरुङ निर्माणको काम एक वर्षपहिले नै सम्पन्न […]

अपर बलेफी जलविद्युत् आयोजना अन्तिम चरणमा

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । निजी क्षेत्रबाट निर्माणाधीन सो आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको अपर बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष उमेश कसजुले जानकारी दिए ।आयोजनाबाट उत्पादित विद्युत् दशैंअगावै परीक्षण गर्ने तयारीमा रहेको उनको भनाइ छ । सुरुङ निर्माणको काम एक वर्ष पहिले नै सम्पन्न भइसकेको बताइएको छ । जुगल गाउँपालिका–३ स्थित पाङरपु र लिदी नजिक बाँध बाँधी चार हजार ५०० मिटर ९४५०००

घारखोलाको बाँध र सुरुङ निर्माण अन्तिम चरणमा

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध र सुरुङ निर्माणको काम ९५ प्रतिशत सकिएको हो । विद्युत्गृह, पेनस्टक पाइप जडानलगायत पूर्वाधार निर्माणको काम पनि धमाधम भइरहेको छ । म्याग्दी हाइड्रोपावरका अधिकृत अनिल तिवारीले […]

२५ मेगावाट दोर्दी–ए को निर्माणकार्य प्रभावित

लमजुङमा निर्माण सम्पन्नको चरणमा पुगेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना पुनः कोभिड–१९ का कारण प्रभावित भएको छ । जेठ मसान्तभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सो आयोजनामा कार्यरत श्रमिकमा कोरोना संक्रमण देखिएपछि निर्माणकार्य प्रभावित भएको हो ।आयोजनामा कार्यरत श्रमिकमध्ये ४० जनामा कारोना संक्रमण पुष्टि भएको हो । श्रमिकहरूमा कोरोना संक्रमण पुष्टि भइसकेपछि […]