नयाँ चरणको सुधारका लागि नेपाल उद्योग वाणिज्य महासंघको मागअनुरूप आयोग गठन गर्ने सरकारको प्रतिबद्धतालाई महासंघले सकारात्मक रूपमा लिएको जनाएको छ । महासंघले गत असोज २५ मा बृहत् आर्थिक बहस आयोजना गरी विद्यमान आर्थिक सुधार एवं दीर्घकालीन विकासका लागि पहिलो पटक नयाँ चरणको आर्थिक सुधार कार्यक्रम लागू गर्न आयोगको माग गर्दै आएको थियो ।