पर्यटनको मुख्य सिजन सुरू भएसँगै होटल, ट्राभल, ट्रेकिङ तथा एक्सिपिडिसन सबैतर्फको बुकिङ उत्साहजनक देखिएको छ । यस वर्षको ‘स्प्रिङ सिजन’का लागि ७५ प्रतिशत होटल बुकिङ भएको छ । दुई वर्षअघिको भूकम्प र भारतको अघोषित नाकाबन्दीले थलिएको पर्यटन क्षेत्र यस वर्षबाट लयमा फर्किएको व्यवसायी बताउँछन् ।