काठमाण्डौ – नेकपा एमालेको दशौँ महाधिवेशनका कारण चितवनको होटल क्षेत्रमा रौनक थपिएको छ । एमालेले नारायणगढको नारायणी नदी किनारमा उद्घाटन र सौराहामा बन्द सत्रको कार्यक्रम राखेको छ । महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म भए पनि चितवनका लगभग सबैजसो होटल मङ्सिर ९ देखि १३ गतेसम्मकै लागि बुकिङ भइसकेका छन् । कोरोनाका कारण दुई वर्षसम्म सुनसान रहेको मुख्य पर्यटकीय क्षेत्र यति बेला जुरमुराएको छ । केही समय पहिलेसम्म होटल बुकिङ नभएर हैरान भएका व्यवसायी अहिले होटलमा बेड नपुगेर तनावमा छन् । सौराहासहित भरतपुर र नारायणगढ क्ष...