एजेन्सी।फ्रेन्च ओपनमा बिहीबार निकालिएको ‘ड्र’ अनुसार टेनिसका ठूला नाम नोभाक जोकोभिच, राफेल नाडाल र रोजर फेडेरर एउटै ‘पोल’मा परेका छन्। यसको अर्थ अब तीनमध्ये एक जनामात्र प्रतियोगिताको फाइनलमा स्थान बनाउन सक्छन्। अन्तर्राष्ट्रिय टेनिस महासंघका अनुसार जोकोभिच, नाडाल र फेडेरर एउटै ‘पोल’मा परेको यो पहिलो पटक हो। फेडेरर र नाडालले समान २० तथा जोकोभिचले १८ ग्राण्ड स्लाम उपाधि जितेका छन्।