काठमाडौँ – पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग राजीनामा माग गरेको छ। पूर्व न्यायाधीश फोरमले ६औँ साधरणसभाको अवसर पारेर न्यायपालिकाको बिग्रदो छविप्रति चिन्ता व्यक्त गर्दै प्रधानन्यायाधीश राणा एक पछि अर्को विवादमा मुछिदै गएकाले राजीनामा माग गरेको हो। प्रधानन्यायाधीशमाथि लगातार प्रश्न उठिरहनु गम्भीर विषय भएकाले न्यायपालिकाको विश्वसनियता कायम राख्न राजीनामाको बाटो उपयुक्त भएको फोरमको ठहर छ। […]