काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाअभियोग प्रस्ताबविरुद्ध संवैधानिक ईजलासमा रिट दर्ता भएको छ । प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताब फिर्ता गर्न र उहाँलाई तत्काल पुनर्वाहाली गर्न माग गर्दै संवैधानिक ईजलासमा रिट दायर भएको हो । प्रधानन्यायाधीश राणा विरुद्ध संविधान मिचेर महाअभियोगको प्रस्ताब ल्याइएको भन्दै अधिवक्ताद्वय डा. पुण्यप्रसाद खतिवडा र दिपकविक्रम मिश्रले रिट दायर गरेका हुन् […]