काठमाण्डाै - भूकम्पपछि बन्द चीनसँगको तातोपानी नाका अझै सहज बनेको छैन । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन हुँदै आएको छ । नाका अस्थिर हुँदा सयौँको रोजीरोटी गुमेको छ । नाकाबाट कारोबार बन्द हुँदा मजदुर बिचल्लीमा परेका छन् ।
अस्थिर ७ वर्षदेखि अस्थिर बनेको नाकालाई सहज बनाउनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बताउनुभयो । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनुपर्ने माग समेत...