तातोपानी नाका अझै पूर्ण सञ्चालनमा नआउने

नेपाल–चीन व्यापारिक कारोवार हुने उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालनमा आउँदै छ। यद्यपी आठ वर्षदेखि बन्द रहेको मानवीय आवागमन भने अझै खुल्ने छैन।...

सम्बन्धित सामग्री

तातोपानी नाका सञ्चालन नहुँदा मारमा भन्सार मजदूर

सिन्धुपाल्चोक । चीन जोड्ने उत्तरी नाका तातोपानीबाट २ महीनायता न्यून मात्रामा सामग्री आयात भएको छ । अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने मोटरबेल पुल र कोदारी राजमार्गकोे लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा गत १ असारदेखि नाका पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । चीनका विभिन्न व्यापारिक शहरबाट तिब्बतको खासामा आइपुगेका सामान सहज रूपमा तातोपानी भन्सारमा ल्याउन नसक्दा मजदूर अलपत्र परेका छन् । हाल खासाबाट दैनिक बढीमा दुई गाडी सामान मात्र आइरहेको छ । तातोपानी नाकामा काम गर्ने मजदूर संघका ५०० मजदूर २ महीनादेखि बेरोजगार छन् । ‘सडकका कारण खासाबाट सामान नआउँदा मजदूरले काम पाउन छाडेका छन्,’ तातोपानी भन्सार सुक्खा बन्दरगाह मजदूर संघका अध्यक्ष तेम्बोछिरी शेर्पाले भने, ‘कति मजदूर त नाका छोडेर हिँडिसकेका छन् ।’ खासाबाट कन्टेनर आउन छाडेकाले मजदूरले काम नपाएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए । ‘मजदूरले काम नपाउने समस्या त छँदै छ, सामान ल्याउन लागत समेत बढेको छ,’ भन्सार अधिकृत गौतमले भने, ‘खासा आइपुगेका सामान बोकेर ल्याउँदा लागत बढ्नुका साथै समय पनि खेर गइरहेको छ ।’ खासाबाट सीधै लार्चा सुक्खा बन्दरगाह ल्याइनुपर्ने सामान लिपिङपुल र कोदारीमा झारेर पल्टी गर्दा लागत बढेको उनले बताए । कोदारी राजमार्ग आंशिक रूपमा सञ्चालन भएसँगै अहिले लिपिङपुलमा मात्रै सामान झारेर मजदूरले बोकेर वारि तार्ने गरेका छन् । लिपिङपुलबाट बोकेर कोदारी कटाउँदा १ लाख २० हजार थप लागत बढ्ने गरेको व्यवसायीले बताएका छन् । ‘एक गाडी सामान ओसार्दा ४० हजारसम्म ज्याला दिनुपरेको गुनासो व्यापारीको छ भने मजदूरले काम नपाइएको भन्दै आएका छन्,’ भोटेकोशी गाउँपालिकाको अध्यक्ष राजकुमार पौडेलले भने, ‘नाकालाई व्यवस्थित गर्न र सडक सुचारुका लागि संघीय सरकारलाई आग्रह गरेका छौं ।’ सडक अवरुद्ध भएपछि सयौं मालवाहक कन्टेनर न्यालम, खासा हुँदै तातोपानी नाका भएर आएकाले सामान लिपिङबाट तुइन र बोकेर ल्याउनुपर्दा ढुवानी भाडा बढी पर्ने गरेको पौडेलले बताए । भूकम्पपछि चिनियाँ रेल्वे कन्स्ट्रक्शन कम्पनी लिमिटेड (सीआरसीसी)ले कोदारी राजमार्गको अस्थायी मर्मत गर्दै आएको छ । तर, सीआरसीसीले बनाएको सडक १ महीना पनि नटिकेको पौडेलले बताए । सडक मर्मत नहुँदा तातोपानी भन्सार कार्यालयले साउनमा ७ करोड २१ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । असारमा भन्दा साउनमा राजस्व कम संकलन भएको भन्सार अधिकृत गौतमले बताए । ‘असारमा ११ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो,’ गौतमले भने, ‘तर साउनमा लक्ष्य अनुरूपको राजस्व उठ्न सकेन ।’ सडक मर्मत भई पूर्ण सुचारु हुने हो भो चाडपर्व नजिकिएकाले राजस्व संकलनमा बृद्धि हुने उनले भनाइ छ । २ महीनाअघि भत्किएको लिपिङपुल निर्माण भइरहेकाले राजमार्ग पूर्ण सञ्चालनमा आउन अझै केही समय लाग्ने सडक डिभिजन कार्यालय चरिकोटले बताएको छ । लिपिङपुलको दुवैपट्टि जगमा ढुंगा भरेर ग्याबिन उठाइएको छ । एक महीनादेखि सडक खुलाउन लागेको भन्दै कार्यालयका इन्जिनीयर विजय महतोले निर्माण पूरा हुन अझै २ साताभन्दा बढी लाग्ने बताए । मुख्य चाडपर्व नजिकिएकाले व्यापारीले चीनबाट खरीद गरेका सामानको सहज आयातका लागि तत्काल पहल गर्नुपर्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादूर बस्नेतको भनाइ छ ।

तातोपानी नाका सञ्चालन नहुँदा मारमा भन्सार मजदूर

भदौ १४, सिन्धुपाल्चोक । चीन जोड्ने उत्तरी नाका तातोपानीबाट दुई महीनायता न्यून मात्रामा सामग्री आयात भएको छ । अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने मोटरेबल पुल र कोदारी राजमार्गकोे लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा गत १ असारदेखि नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन  ।  जसका कारण चीनको विभिन्न व्यापारिक सहरबाट तिब्बतको खासामा आइपुगेका सामान सडकको कारणले तातोपानी भन्सार ल्याउन नसक्दा मजदूरहरु अलपत्र परेका छन् ।  हाल खासाबाट दैनिक बढीमा दुई गाडी सामान मात्र आइरहेको छ । तातोपानी नाकामा काम गर्ने मजदूर संघका ५०० मजदूर दुई महीनादेखि बेरोजगार छन् । ‘सडकका कारण खासाबाट सामान नआउँदा मजदूरहरुले काम पाउन छाडेका छन्’, तातोपानी भन्सार सुक्खा बन्दरगाह मजदूर संघका अध्यक्ष तेम्बोछिरी शेर्पाले भने ‘कति मजदूर त नाका छोडेर हिँडिसकेका छन् ।’ खासाबाट कन्टेनर आउन छोडेकोले मजदूरले काम नपाएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए । ‘मजदूरले काम नपाउने समस्या त छँदैछ सामान ल्याउन लागत समेत बढेको छ,’ भन्सार अधिकृत गौतमले भने ‘खासा आइपुगेका सामान बोकेर ल्याउँदा लागत बढ्नुको साथै समय पनि खेर गइरहेको छ ।’ खासाबाट सीधै लार्चा सुक्खा बन्दरगाह ल्याइनुपर्ने सामान लिपिङपुल र कोदारीमा झारेर पल्टी गर्दा लागत बढेको उनले बताए ।  कोदारी राजमार्ग आंशिक रूपमा सञ्चालन भएसँगै अहिले लिपिङपुलमा मात्रै सामान झारेर मजदूरले बोकेर वारी तार्ने गरेका छन् । लिपिङपुलबाट बोकेर कोदारी कटाउँदा एक लाख २० हजार थप लागत बढ्ने गरेको व्यवसायीहरुले बताएका छन् । ‘एक गाडी सामान ओसार्दा ४० हजारसम्म ज्याला दिनुपरेको गुनासो व्यापारीहरुको छ भने मजदूरहरुले काम नपाइएको भन्दै आएका छन्’, भोटेकोशी गाउँपालिकाको अध्यक्ष राजकुमार पौडेलले भने ‘नाकालाई व्यवस्थित गर्न र सडक सुचारुको लागि संघीय सरकारलाई आग्रह गरेका छौं ।’  सडक अवरुद्ध भएपछि सयौँ मालबाहक कन्टेनर न्यालम, खासा हुँदै तातोपानी नाका भएर आएकाले सामान लिपिङबाट तुइन र बोकेर ल्याउनुपर्दा ढुवानी भाडा बढी पर्ने गरेको पौडेलले बताए । भूकम्पपछि चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले कोदारी राजमार्गको अस्थायी मर्मत गर्दै आएको छ । तर, सिआरसिसीले बनाएको सडक महीना दिन पनि नटिकेको पौडेलले बताए ।  सडक मर्मत नहुँदा तातोपानी भन्सार कार्यालयले साउन महीनामा जम्मा ७ करोड २१ लाख राजस्व संकलन गरेको छ । असार महीनामा भन्दा साउनमा राजस्व कम संकलन भएको भन्सार अधिकृत गौतमले बताए । ‘असारमा ११ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो’, गौतमले भने ‘तर साउनमा लक्ष्य अनुरुपको राजस्व उठ्न सकेन ।’ सडक मर्मत भई पूर्ण सुचारु हुने हो भो चाडपर्व नजिकिएको कारण राजस्व संकलनमा वृद्धि हुने उनको भनाइ छ ।  दुई महीनादेखि भत्किएको लिपिङपुल निर्माण भइरहेकोले राजमार्ग पूर्ण सञ्चालनमा आउन अझै केहि समय लाग्ने सडक डिभिजन कार्यालय चरिकोटले जानकारी दिएको छ । लिपिङपुलको दुवैपट्टि जगमा ढुंगा भरेर जालीगाह्रो उठाइएको छ । महीना दिनदेखि सडक खुलाउन लागेको बताउँदै कार्यालयका इन्जिनियर विजय महतोले अझै दुई साताभन्दा बढी मर्मतको लागि समय लाग्ने जनाए ।  नेपाली चाडपर्व दशैँ–तिहार नजिकिएकाले व्यापारीले चीनबाट खरीद गरेका सामानको सहज आयातका लागि तत्काल पहल गर्नुपर्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतको भनाइ छ । ‘नाका सहज बनाउन र सडकको तत्काल मर्मतको लागि हामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण समेत गराएका छौं’, बस्नेतले भने ।

कोदारी राजमार्ग आंशिकरूपमा सञ्चालन

सिन्धुपाल्चोक : गत असार १ को बाढी र पहिराले कटान गरेको कोदारी राजमार्ग मर्मतपछि आंशिकरूपमा सञ्चालनमा आएको छ। महिना दिनदेखि सडक खुलाउन प्रयास हुँदै आएकामा अब केही साताभित्र पूर्ण सञ्चालनमा आउने  भएको छ।चरिकोट सडक डिभिजन कार्यालयका इञ्जिनियर विजय महतोका अनुसार सडक निर्माणका साथै भत्किएको लिपिङ पुलको दुवैपट्टि जगमा ढुङ्गा भरेर जालीको गारो उठाइएको छ। नेपालीको महान् चाडपर्व नजिकिएकाले व्यापारी वर्गले चीनबाट खरिद गरेका सामान आयातका लागि पनि तातोपानी नाका छिटै सञ्चालन गरिनुपर्ने आवश

कोदारी राजमार्ग आंशिकरूपमा सञ्चालन

गत असार १ को बाढी र पहिराले कटान गरेको कोदारी राजमार्ग मर्मतपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । महिना दिनदेखि सडक खुलाउन प्रयास हुँदै आएकामा अब   केही साताभित्र पूर्ण सञ्चालनमा आउने  भएको छ चरिकोट सडक डिभिजन कार्यालयका इञ्जिनीयर विजय महतोका अनुसार सडक निर्माणका साथै  भत्किएको लिपिङ पुलको दुवैपट्टि जगमा ढुङ्गा भरेर जालीको गाह्रो उठाइएको  छ ।नेपालीको महान् चाडपर्व नजिकिएकाले व्यापारी वर्गले चीनबाट खरिद गरेका सामान आयातका लागि पनि तातोपानी नाका छिटै सञ्चालन गरिनुपर्ने आवश्यकता रहे

चीनले समझदारी कार्यान्वयन नगर्दा तातोपानी नाका पूर्ण सञ्चालनमा आएन

नेपाल–चीनका सरकारी अधिकारी र व्यापारिक संस्थाहरूबीच भएको समझदारी कार्यान्वयन नहुँदा तातोपानी नाका पूर्ण सञ्चालनमा आउन सकेको छैन । नेपाल–चीनका विभिन्न व्यापारिक संघसंस्था र दुवैतर्फका सरकारी अधिकारीले दैनिक २० टेलर सामग्री लार्चा...